सि.टा.समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को डाँडाफयाँमा बोलेरो जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा दुई जना यात्रु गम्भीर घाईते हुनु भएको हो । बुधबार बेलुका पाँच वजे सिमकोटबाट डाँडाफयातर्फ गई रहेको यात्रु बाहक वोलेरो जीप दुर्घटना हुँदा दुई जना यात्रु गम्भीर घाईते भएको प्रत्यक्षदर्सी कैलाश माविका शिक्षक यज्ञ शाहीले बताए ।
ओरालो सडकमा गुडी रहेको गाडी एक्कासी सडकबाट तल उल्टो खसेको हो । यसबाट दुई जना महिला घाईते भएकी छन । घाईते हुनेमा लिला बुढा र रछानी बुढा रहेकी छन । उनीहरुको उमेर खुलेको छैन । घाईते दवै जना वडा नम्बर ८ को स्याँडा गाउँकी हुन । उनीहरु दुवै जनालाई स्थानीयवासी र प्रहरी मिलेर गाडीमा जिल्ला अस्पलमा थप उपचारका लागि पठाईएकोे छ । दुर्घटनामा चालक सहित दश जना यात्रु रहेको र त्यसमा एक जना बालक रहेका थिए ।
भे १ च १६८५ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । अन्य यात्रुहरु सामान्य घाईते भएको र उनीलाई डाँडाफयाँ स्वास्थ्य चौकीमा उपचार भई रहेको छ । प्रहरी घटनास्थलमा पुगी सकेको र घटनाको थप बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।















