सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका पुर्ण खोप दिगोपना सुनिश्चित घोषित भएको छ । शनिवार गाउँपालिका केन्द्रमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकालाई घोषित गरिएको हो ।
निर्धारित उमेर समुहका सवै बालबालिका खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै घोषण गरिएको अध्यक्ष मोहन बिक्रम सिंहले बताए । यसअघि छ वटै वडालाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गरिएको थियो ।
त्यसपछि गाउँपालिका स्तरबाट अनुमगन गर्दा जन्मेदेखि चौध महिना र पन्द्र महिनादेखि ५९ महिनाका सवै बालबालिकाले सवै प्रकारका खोप लगाएको भेटिएको र कोही पनि खोप लगाउन नपाएको नभेटिएपछि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्य संस्था र स्वास्थ्य स्वयम सेविकालाई प्रशंसापत्र प्रदान गरिएको थियो । अदानचुली गाउँपालिकामा जन्मेदखि चौध महिनासम्मका २१४ जना वालवालिकाहरु रहेका छन भने सोह्र देखि ५९ महिनाका ७६९ गरि जम्मा ९८३ जना बालबालिका रहेका छन । उनीहरु सबैले सवै प्रकारका खोप लगाउन पाएपछि गाउँँँपालिकालाई घोषित गर्ने कार्य भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले जिल्लाका धेरै गाउँँपालिका पुर्ण खोप दिगोपना सुनिश्चित घोषित भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा यसले निरन्तरता पाउनु पर्ने बताए ।
यसअघि जिल्लाका चंखेली, सिमकोट, ताँजाकोट, सर्केगार्ड घोषित भई सकेका थिए भने अदानचुली पाँँचौ गाउँँपालिका भएको छ अब नाम्खा गाउँ र खार्पुनाथ गाउँपालिका गरि दुई वटा बाँकी रहेका छन । सवै गाउपालिका घोषित भएपछि जिल्लालाई घोषणा गरिनेछ ।























