सि.टा समचारदाता
सिमकाेट – चंखेली गाउँपालिका- ६ की वर्ष १८ की किशोरीकाे हेलिकप्टरबाट उद्वार गरिएको छ । जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे ।
३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर हुम्ला जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट ल्याईएकाे थियाे यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरेकाे जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका सिनियर अनमि सरिता बाेहराले जानकारी दिइन। सुुत्केरीकाे शरिरमा पुरै बिबिरा अायकाे पानि जस्ताे फाेका उठेकाे थियाे ।
शरिरमा रगतकाे मात्र कम भएकाेले र यता बाट औषधी हुन नसकेपछि प्रदेेशिक अस्पताल सुर्खेतमा रिफर गरेकाे कार्यालय प्रमुख भारतीकाे भनाई छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रिफर गरियकाेरियकाे हाे ।















