मनसुन सम्वन्धि जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनको अनुरोध

सि.टा. समचारदाता
सिमकोट । देशमा यसवर्षको मनसुन भित्रि सकेको अवस्थामा संभावित यसवाट हुन सक्ने जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनले अुरेध गरेको छ । हालसम्म जिल्लामा पाँच स्थानमा वाढी पहिरो गई सकेकोले यसवर्ष मनसुनवाट बढी नै क्षेती हुने मौसम पुर्वानुमान महाशाखाको भविष्यवाणी आएको कारण जिल्लावासीलाई यसबाट सजग रहनका लागि आग्रह गरिएको हो ।

यस वर्ष पुर्वी नेपाालमा नेपालबाट यस वर्षको मनसुन नेपालम भित्रि सकेको अवस्था र जल तथा मौस्म विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखावाट पनि यसवर्ष सरदर भन्दा वढी नै वर्षा हुन सक्ने अनुमान गरिएको सन्दर्भमा यसरी मनसुन जन्य विपदबाट सुरक्षित रहनका लागि सम्पुर्ण जिल्लावाासीलाई अनुरोध र आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

महाशाखाले मनसुन सम्वन्धि जोखिमबाट चार लाख पचास हजार भन्दा वढी घरपरिवारमा बीस लाख ब्यक्ति प्रभावित हुन सक्ने अनमान गरेको कारण पनि जिल्लावासी सवैले सजग र सचेत रहनु पर्ने उनको भनाई रहेको छ । मनसुनको समयमा उत्पन्न हुन सक्ने जोखिमबाट आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्न समेत उनले एक पत्र मार्फत अनुरोध गरेका छन् ।

त्यसैगरि मनसुनका कारण बाढी पहिरो आई धनजनको क्षेती समेत हुन सक्ने हुदा वर्षा, बाढी र पहिरोवाट जो कोही पनि प्रभावित जो कसैलाई जानकारी प्राप्त हुँना साथ प्रभावितको खोजी, उद्धार लगाएतका सम्वन्धि प्रतिकार्यका लगि नजिकैको प्रहरी इकाई, स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई तत्कालै सुचना गर्न समेत उनले पत्र मार्फत आग्रह गरेका हुन ।

यसवर्ष मनसुन नभित्रिदै जिल्लाभर पाँँच स्थानमा बाढी पहिरो गएर क्षेती भई सकेको अवस्था रहेको छ । जिल्लावासी सवैलाई यसवाट सचेत र सजग रहनका लागि यो आग्रह गर्नु परेको उनले बताए ।