कर्णाली प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा हुम्लाको मानसरोवर मावि पहिलो

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार. सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय सुर्खेतको आयोजनामा कर्णाली प्रदेशका दश वटै जिल्लाहरुको सहभागिता रहने गरि भएक जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा हुम्लाको मानसरोवर माथि पहिलो भएको छ ।

कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, दैलेख, मुगु, रुकुम पश्चिम, सुर्खेत, सल्यान र हुम्लाहरुमा ’जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम’ मा उत्कृष्ट स्थान प्राप्त गरि पुरस्कृत भई छनोट भएका माध्यमिक तह ९–१० मा अध्ययनरत विद्यार्थीहरु बिच प्रदेशस्तरीय स्तरिय “विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान“ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हुम्ला जिल्लाबाट मानसरोवर माविका आकाश शाही र सन्तोष शाही प्रथम स्थान हुने नगद पुरस्कार पैतीस हजार र प्रमाणपत्र गरेका थिए भने, द्वितिय स्थामा जुम्ला जिल्लाको कर्णाली मावि अनामनगरका तुफान कार्की र दिनेश कठायत नगद पुरस्कार तीस हजार र प्रमाणपत्र सहित पुरस्कृृत भएका थिए ।

तृतीयमा सुर्खेत जिल्लाको सिद्धार्थ पाठशालाका एन्जल के.सि. र हिमान्शु पुन नगद पुरस्कार पचीस हजार र प्रमाणपत्र पुरस्कृत भएका थिए भने सान्त्वना स्थानमा सल्यान जिल्लाको त्रिभुवन जन माविका अभिनव आचार्य र दिया क्षेष्ठ नगद पुरस्कार बीस हजार र प्रमाणपत्रबाट पुरस्केत भएका थिए ।

अन्य छ जिल्लाका सहभागी भई प्रोत्साहन पुरस्कार चार हजार नगद पुरस्कार र प्रमाणपत्र पाउनेमा महादेव मावि राराकाटिया कालिकोट र श्री नन्दादेवी मावि कालिकोटका दुई जना विद्यार्थीहरु, त्रिभुवन मावि दैलेख, सरस्वती मावि डोल्पा, विजयश्वरी इङ्लिस बोर्डिङ स्कूल रुकुम पश्चिम , वीरेन्द्र मावि जाजरकोट, मिन मावि भारेकोट मुगु र महाकाली मावि मुगुका बिधार्थीहरु रहेका थिए ।

शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आयोजना गरिएको यस कार्यक्रममा कार्यालयको प्राङ्गणमा व्यवस्थित गरिएका १० जिल्लाका उत्कृष्ट प्रदर्शनी स्टलहरु र सुर्खेत जिल्लाबाट जिल्लास्तरीय प्रदर्शनीमा पुरस्कृत प्रदर्शनी स्टलहरु राखिएका थिए । सबै स्टलहरुको एकदमै महत्वका साथ अवलोकलन र विद्यार्थीहरुसँग अन्तरक्रिया गरेर सहभागीलाई विज्ञानको क्षेत्रमा अझै राम्रो गर्नलाई हौसला प्रदान गर्ने कार्य भएको थियो ।

कर्णाली प्रदेशका दश जिल्लाबाट प्रदर्शनीमा सहभागी हुन आएका उत्कृष्ट विद्यार्थीहरु अतिथिसंग अन्तरक्रिया गर्न पाउँदा विद्यार्थीहरु एंव विज्ञान शिक्षकहरुमा एमदम खुसि एंव थप उर्जा उत्पन्न भएको महसुस गरेको देखिन्थ्यो ।

कर्णाली प्रदेशका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीमा वैज्ञानिक चेतना अभिवृद्धि, वैज्ञानिक व्यवहार, वैज्ञानिक सीपको विकास गर्न, वैज्ञानिक अध्ययन, खोज, अनुसन्धान, आविष्कार जस्ता कार्यमा प्रोत्साहन गर्न र विज्ञान तथा प्रविधि विषयमा रुचि बढाउन सामाजिक मन्त्रालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आयोजना गरिएको हो ।

यस कार्यक्रमले कर्णाली प्रदेशका विद्यालय शिक्षासँग र विज्ञान तथा प्रविधिसँग सम्बन्धित संघसस्थाहरु शिक्षा विकास तथा समन्वय इकाइ, कर्णाली प्रदेशका सबै स्थानीय पालिकाहरु एंव शिक्षा शाखा, सम्पूर्ण विद्यालयहरु लगायत सम्बन्धित सबैलाई आगामी दिनहरुमा यस्ता वैज्ञानिक कार्यक्रमहरु गर्न मार्गनिर्देश गरेको बताईको छ ।

सन्दर्भमा विज्ञान र प्रविधि क्षेत्रको एक महत्वपूर्ण, ऐतिहासिक एवं प्रथम प्रदेशस्तरीय स्तरिय “विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम“ शिक्षा विकास निर्देशनालयका निर्देश दिपा हमालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, सामाजिक मन्त्रालयका सचिव अर्जुन गौतम, शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका

इकाइ प्रमुख महेशकेशर खनाल, शिक्षा विकास निर्देशनालयका उपसचिव लक्ष्मी प्रसाद भट्टराई, मानव संशाधन विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक खिम प्रसाद ढकाल, विज्ञान शिक्षक समाज नेपालका केन्द्रिय सदस्य एंव विज्ञान शिक्षक चन्द्रलाल सापकोटा, शिक्षा विकास निर्देशनालयका शिक्षा अधिकृत धन बहादुर विष्ट लगाएको उपस्थिती रहेको थियो ।