प्रजिअ पाण्डेको टोली आगलागी घटनास्थलतर्फ लाग्यो

फोटो क्याप्सन उनापानी गाउँमा भएको आगालागी । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तीमा आगलागी भएको स्थानतर्फ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको टोली लागेको छ । उद्धार र राहत सहयोग प्रदान गर्न उनको टोली घटनास्थलर्फ लागेको हो ।

आगालागी स्थलर्फ जानेक्रममा बोक्चे गौडामा पुगेका प्रजिअ पाण्डेयले बताए । बोक्चे गौडामा बिष्फोट गराउनने कार्य भई रहेकाले अहिले बोक्चे गौडामा रोकिएको र बिष्फोट पश्चात घटनास्थलतर्फ लाग्ने उनले बताए । प्रजिअ पाण्डेयसं नेपाल रेडक्रस सोसाईटीको टोली पनि गएको छ ।

टोलीले पिडितका लागि पाल लिएको र घटनास्थलमा पुगेर सहयोग प्रदान गर्नेछ । त्यसैगरि सिमकोट गाउँपालिकाले ३२ बोरा खाद्यान्न सहयोग गरेको र सो खाद्यान्न पनि प्रजिअको टोलीले लिएर सहयोग प्रदान गर्ने छ । त्यसैगरि घटनास्थलमा सर्केगार्ड गाउपालिकाका अध्यक्ष ठानबहादुर रोकायाको टोली पुगेको र पिडितको वास तथा खानपिनको ब्यवस्थामा लागेको छ ।

उनापानीको उक्त वस्तीमा आईतबार राती एघार वजेबाट सुरु भएको आगलागी सोमबार बिहान मात्र नियन्त्रणमा आएको र यसबाट आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका हुन । राती ११ बजेबाट सुरु भएको आगलागीबाट आठ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए ।

स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागीले धनबहादुर रातव, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका हुन । घरहरु जोडिएर निर्माण गरिएको कारण यति धेरै क्षेती भएको हो । आगलागीको कारणबारे कुनै जानकारी नभएको हो ।

सर्केगाड प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुविन शाहको नेतृत्वको टोली राती २ बजे घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयवासी मिलेर बिहान मात्र आगो नियन्त्रणमा ल्याउने कार्य भएको थियो । आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, अन्य लत्ता कपडा, बिधाार्थीका कापी किताव, नागरिकता, घरको लालपुर्जाका साथै अन्य

कागजातसहित नगद जलेर नष्ट भएको पिडितको .गुनासो रहेको छ । पीडित रावतको घरमा दुई लाख २० हजार नगद रुपियाँ समेत जलेर नष्ट भएको छ । त्यसैगरि पाँच वटा घरमा आंसिक क्षेती पुगेको छ । ती घरको गाह्रो भत्काएर घरभित्र भएको धनमाल बाहिर निकाल्ने कार्य गरिएको थियो ।