सि.टा. समचारदाता
हुम्ला । मानसरोवर कैलाश दुरदर्शन गर्न जाने सल्लीेदेखि लाप्चासम्मको कच्ची सडकलाई सुधार गर्न माग गरिएको छ । उक्त खण्डको सडक साँघुरो र खाल्डाखुल्डी भएको कारण यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको भोगाई यात्रु तथ चालकलई भएपछि त्यसलाई सुधार गर्न माग गरिएको हो ।
सल्लीबाट लाप्चातर्फ जादै गरेका मनोज खकुरेलले दानबहदुर रावलले पर्यटकीय स्थल लिमी लाप्चा जाने कच्ची र साँघुरो सडक सुधार गर्न आवश्यक रहेको बताए । यस्तो खल्डखुल्डी र ढुङ्गैढुङ्गा भएको सडकमा गाडीले उफार्ने र हल्लाउने समस्या भएको कारण यसलाई तत्काल सुधार गरेर यात्रा सहज बनाउन आवश्यक रहेको उनको भनाई छ ।
यो सडक तत्काल सुधार नगरे लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकमा नकरात्मक सन्देश जाने भएको कारण यसलाई स्तरोन्नतती गर्न अति आवश्यक रहेको छ । यो खण्डको सडकमा यात्रा गर्दा गाडीले उफार्ने र हल्लाउने कार्य गर्दा यात्रुहरुको शरिर दुख्नेदेखि चोट पटक लाग्ने अवस्था पनि रहेको उनले बताए ।
उक्त सडकमा बोलेरो जीप चलाउदै आएका चालक पुरन बुढाथोकीले रावतले पर्यटक लाप्चा जाने भएको कारण बाध्य भएको जानु परि रहेको भएपनि सल्लीबाट लाप्चासम्मको सडकको अवस्था हेर्दा झर्को लाग्ने गरेको बताए । कच्ची र ढुङ्गा भएको सडकले गर्दा गाडीको चक्का पञ्चड हुने र पत्ता भाँचिने समस्या बारम्बार भोग्नु परि रहेको बताउदै लाप्चालाई पर्यटकीय क्षेत्र भनेर मात्र नहुँने सडकलाई पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।
सडक साँघुरो र साँघुरो घुम्तीले गर्दा पनि यातायातका साधनहरुले सास्ती खेृपेर गुुड्नु पनि रहेको बताउदै उनले यसलाई सुधार नगरे लााप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने कार्य नै बन्द हुन सक्ने बताए । सल्लीबाट लाप्चासम्म ७० किलो मिटर सडक रहेको छ । यो सडक पुरै ट्रयाक खोल्ने कार्य भएपनि त्यसपछि कुनै सुधारको कार्य हुन सकेको छैन । हिउदमा परेको न्यालु लेकको हिउ पन्छाउने कार्य बाहेक अन्य कुनै कार्य हालसम्म हुन सकेको छैन् ।
अझ लाप्चा क्षेत्रको पाटनमा र सडक निर्माण नगरी चौरमा यातायातका साधनहरु गुड्दै आएका छन । उक्त सडक निर्माण गरेको पुर्वाधार बिकास कार्यालयले सडक कच्ची र असजिलो भएपनि तत्काल कुनै पनि सुधार र स्तरोन्नती गर्ने कार्य नभएको जनाएको छ ।
























