उनापानी आगलागी पिडितलाई राहत प्रदान

फोटो क्याप्सन उनापानी आगलागी पिडितको सहयोगका लागि राहत सामग्री बितरण हुदै । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँँपालिका– ३ को उनापानी आगलागी पिडितहरुलाई राहत प्रदान गरिएको छ । आगलागीबाट घर जलेर नष्ट भएर पिडित भएका परिवारलाई तत्काल गाँस, बाँस र कपासमा सहयोग पुर्उयाउनका लागि राहत सहयोग गरिएको हो । राहत बोकेर घटना स्थल पुग्नु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पिडितहरुको तत्कालीन समस्या समाधानका लागि खाद्यान्न, पाल र म्याटेस प्रदान गरिएको बताए ।

यसमा सिमकोट गाउँपालिकाले पचास हजार रपियाँको ३२ बोरा खाद्यन्न, रेडक्रम सोसाईट हुम्ला शाखाबाट पाल र म्याटेस सहयोग गरिएको हो । आवश्यक राहत सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई पत्राचार गरि सकेको र प्रदेशबाट पनि सकरात्मक प्रतिकृया आएको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाले पनि पााँच बोरा चामल, एक पेटी तेल, चिनी, मैदा र २ हजर नगद प्रदान गरेको छ ।

यता गैरसरकारी स्तरबाट किडार्क नेपालले एक लाख पचास हजार रुपियाँको खाद्यान्न, लत्ताकपडा र भाँडाकुडा सहयोग गरेको किडार्क हुम्लाका संयोजक जनक बुढाले बताए । पिडितहरुलाई सोमबारबाट आफन्तको घरमा बस्ने ब्यवस्था गरिएको छ । उनापानीको उक्त वस्तीमा गत आईतबार राती एघार वजेबाट आगलागी हुदा आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए ।

स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागीले धनबहादुर रातव, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका हुन । आगलागीको कारणबारे कुनै जानकारी नभएको हो ।

आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, अन्य लत्ता कपडा, बिधाार्थीका कापी किताव, नागरिकता, घरको लालपुर्जाका साथै अन्य कागजातसहित नगद जलेर नष्ट भएका थिए । त्यसैगरि पाँच वटा घरमा आंसिक क्षेती पुगेको थियो । ती घरको गाह्रो भत्काएर घरभित्र भएको धनमाल बाहिर निकाल्ने कार्य गरिएको थियो ।