हुम्लामा फल्यो फुजी प्रजाति स्याउ

फोटो क्याप्सन फुजी स्याउ फर्ममा गोडमेल गर्दै महिला । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लामा फुजी प्रजातीको स्याउ फलेको छ । नमूना परिक्षणका लागि लगाएको सो स्याउले फल दिन थालेको हो ।  परिक्षणका लागि सिमकोट गाउँपालिका– ५ को सिमसार क्षेत्रको जग्गामा लगाएको फुजी स्याउले फल दिन सुरु गरेको हिमाली कृषि तथा पशुपासन फर्मका सञ्चालक राजन रोकायाले बताए ।

उनले दुई वर्ष अगाडी लगाएका उक्त स्याउका बोटबाट पहिलो वर्ष एक दुई बोटमा दाना लागेपछि दोस्रो वर्ष राम्रै फलेको र यसवर्ष भने सबै बोटले फल दिन सुरु गरेको भएपनि रोग किराकाको कारण धेरै फल नलाग्ने देखिएको बताए ।

उनले चार रोपनी जग्गामा चार सय बोट फुजी स्याउ लगाएका छन । छोटो समयमा फल दिन सुरु गर्ने भएको कारण यो स्याउ लगाएको बताउदै यसको अध्ययन अवलोकनका लागि आफु मुस्ताङ र मनाङ जिल्लाका स्याउ फर्ममा पुगेको उनले बताए । उक्त फर्मले लगाएका स्याउ दुई हजार ९२० मिटर उचाईमा रहेका छन ।

उनले आफ्नो फर्ममा लगाएका फुजी स्याउँका बोटलाई सहयोग गर्नका लागि ठाउँठाउँमा फलाम गाडेका छन् ।
सिमकोट गाउँपालिका कृषि शाखाका अधिकृत नेत्र बहादुर शाहीले उच्च घनत्व भएका क्षेत्रमा यो स्याउ फल्ने भएको कारण यसलाई लगाएको र जो सफल भएको बताए ।

यो स्याउ फुजी, गाला र गोल्ठेन प्रजातिको हुने उहाँले बताउनुभयो । हुम्लामा परिक्षणका रुपमा लगाएका स्याउ भने फुजी हुन । होचो जातका र चाँँडै प्रतिफल दिने यो स्याउ तीन हजार मिटरमा फल्ने उनले बताए । पन्द्रदेखि बीस केजी फल दिने यो स्याउका बोटबाट महिलो वर्ष भएको कारण कति फल्छ अहिले भन्न नसकिने बताउदै प्रत्येक बोटमा पाँचदेखि दश वटा दाना लागेको छ ।

त्यसैगरि नाम्खा गाउपालिका– १ को हेक्पा खाोलामा पनि यो स्याउका बोट लगाएको फल दिन सुरु भएको छ । हुम्लामा सफल रुपमा यो स्याउ फलेको कारण यसको क्षेत्र बिस्तार गर्न सहज भएको छ ।