सिमकोटको बजेट ६४ करोड भन्दा बढी

फोटो क्याप्सन सभामा वजेट प्रस्तुत गर्दै उपाध्यक्ष रोकाया

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाकाे बजेट ६४  करोड बढी रहेको छ । मंगलबार गाउँँसभाबाट पेश भएर सो बजेट पारित समेत भएको हो । सिमकोट गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम पेश गर्दै पारित समेत गरेको गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए ।

एघारौं गाउँ सभाबाट पारित भएको बजेट तथा कार्यक्रममा ६४ करोड ३६ लाख ७० हजार २०३ रुपियाँ अनुमान गरिएको छ । यसमा पूँजीगतफर्फ २४ करोड आठ लाख ६९ हजार बजेट रहेको छ भने चालुतर्फ चालीस करोड २८ लाख एक हजार २०३ रुपियाँ रहेको छ ।

यसमा क्षेत्रगत रुपमा आर्थिकमा २४ करोड आठ लाख, ६९ हजार बजेट रहेको छ भने सामाजिकमा एक करोड ९ लाख पचास हजार, पुर्वाधारमा १९ करोड ४६ लाख ६९ हजार, बन बाताबरण र विपदमा १७ लाख असी हजार सुशासन तथा संगठनमा ७० ल ३१ हजर रुपियँ विनिनयेजित गरिएको छ ।
गाउपालिकाको बजेटको आम्दानीका श्रोतमा अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्र्तगत ससर्त, समपुरक, सम्मानीकरण, बिशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक श्रोतलाई पनि समेटिएको छ ।

यो बजेटलाई गाउँपालिकाले आर्थिक बिकास, सामाजिक बिकास, पुर्वाधार बिकास, सुशासन संगठन तथा बाताबरण र कार्यलय सञ्चालन तथा प्रशासनीक शिर्षकमा बिनियोजित गरिएको छ । कार्यक्रममा उपाध्यक्ष शुशिला भाम रोकायाले बजेट तथा कार्यक्रम पेश गरेकी थिईन भने नीतिहरु अध्यक्ष भण्डारीले पेश गरेका थिए । सभामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले सम्बोधन गरेका थिए ।