३.९५ जिपिए ल्याएर प्रथम भय महतारा

सि.टा समचारदाता
हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिका–१ कल्खेमा जन्मिनु भएका कमल महताराले आफुसँगैका नौ सय परीक्षार्थीलाई पछि पार्दै माध्यमिक शिक्षा एसईईमा उत्कृष्ट अंक ल्याएर प्रथम बनाउन सफल हुनु भएको छ ।

हुम्लाबाट महतारा सहित २०८१ सालको माध्यामिक शिक्षा परीक्षा एसईईमा सहभागी नौ सय ३६ जनालाई पछि पार्दै ३.९५ जिपिए ल्याएर प्रथम हुनु भएको हो ।

कमल महताराले अदानचुली गाउँपालिका–४ को ज्ञानोदय माध्यामिक विद्यालयबाट एसईईमा सहभागी जनाउनु भएको थियो । सानै उमेरका साथै सानै समयमा जीवनका निकै धेरै कष्ट खानुका साथै ती कष्ट अनुशारको मेहनतको फल प्राप्त गरेको बुवा नवराज महताराले बताउनुभयो ।

बुवा महताराले भन्नुभयो, हार्दिक बधाई छ कमल सानै समयमा जीवनका निकै धेरै कष्ट खायौ तर कष्ट अनुशारको तिम्रो मेहनतको फल प्राप्त गरेका छौ । अुझ संघर्ष र संकटमा ठूला पहाड फोड्नु छ । संघर्षले गिजोलिएका पहाडका थुप्रा फोडेर सपनाको महल बनाउनु छ ।

यस्तै दोस्रोमा सर्केगाड गाउँपालिका–१ सरस्वती मावि जैरका प्रिन्स रावल हुनु भएको छ । रावलले ३.९२ जिपीए ल्याएका छन् । त्यस्तै सुर्योदय मावि श्रीनगरका अनन्त बुढाले ३.८७ जिपिए ल्याउनु भएको छ ।