उच्च सर्तकता अपनाउन पुर्वमुख्यमन्त्री शाही आग्रह

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश लगाएत देशवासीलाई उच्च सर्तकता अपनाउन अनुरोध गरेका छन् । आज बिहानदेखि सुर्खेतको वीरेन्द्रनगर र आसपासका जिल्ला र क्षेत्रहरूमा भारी बर्षा भइ रहेकोको कारण सो आग्रग गरिएको हो ।

सामाजिक सञ्जालमा लेख्दै उनले बर्षाका कारण भू–क्षय, बाढी पहिरो, डुबानको उच्च जोखिम हुनसक्ने भएकोले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी एवम् बासिन्दाहरूलाई उच्च सतर्कता अपनाएर बस्न र अत्यावश्यक र जरूरी बाहेक भोलीसम्म वा मौसमा सुधार नआउदासम्म लामो दुरीको यात्रा नगर्न र नगराउनु हुन अनुरोध गरेका छन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण ब्यवस्थापन प्राधिकरणले एक विज्ञप्ती निकाल्दै कर्णाली प्रदेशक सुर्खेत, दैलेख र सल्यान जिल्ला उच्च जोखिम रहेको उल्लेख गरेको थियो ।