सि.टा. समाचारदाता
सिमकोट । गत शुक्रबार सार्वजनिक भएको यस वर्षको एसईई परिक्षाको परिणाममा चार जिपिए आउने बिहीन भएको छ । गत वर्षको परिणाममा सुधार गर्दै यस वर्ष साधारण र प्राविधिक गरि ५१ दशमलव साठी प्रतिशत परिक्षार्थीहरुले जिपिए ल्याउन सफल भए पनि चार जिपिए भने कसैले ल्याउन नसकेका हुन ।
तुलनात्मक रुपमा एसईई परिक्षाको परिणाममा सुधार आएको बताउदै शिक्षा बिकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आलेमगरले यसवर्ष चार जिपिए ल्याउनेमा हुम्ला जिल्ला बिहीन भएको बताए ।
परिक्षाको परिणाम अनुसार साधारणतर्फ जिल्लाका सबै परिक्षा केन्द्र गरि ५१ दशमलव बाह्र प्रतिशत र प्राविधिक धारतर्फ ५६ दशमलव सत्र प्रतिशत परिक्षार्थीहरुले जिपिए ल्याउन सफल भएको छ । जब कि गत वर्ष एसईईको यो नतिजा ४८ दशमलव चार प्रतिशत थियो ।
साधारणमा ८४७ र प्राविधिकमा ८९ जना गरि ९३६ जना परिक्षार्थीहरुले परिक्षामा सहभागिता जनाएको भएपनि तीन दशमलव छ जिपिए देखि चार जिपिएसम्म ल्याउने परिक्षार्थी बीस जना रहेका थिए । यस पटकको परिणाममा चार जिपिए ल्याउने परिक्षार्थी भने एक जना पनि छैनन। त्यसैगरि तीन दशमलव दुई देखि तीन दशमलव छ जिपिए ल्याउने ८९ जना, दुई दशमलव आठदेखि तीन दशमलव दुई जिपिए ल्याउने २२१ जना रहेका छन।
त्यसैगरि दुई दशमलव चार देखि दुई दशमलव आठ जिपिए ल्याउने १५० जना र दुईदेखि दुई दशमलव चार जिपिए ल्याउने तीन जना परिक्षार्थी रहनु भएको छ । यता जिल्लाका सवै विद्यालय गरि साधारणमा ४३३ र प्राबिधिकतर्फ पचास जना परि ४८३ परिक्षार्थीहरुले जिपिए प्राप्त गर्नु भएको छ । त्यसैगरि साधारणमा ४१४ र साधारणमा ३९ जना गरि ४५३ जना जिपिए प्राप्त नगर्ने संख्या देखिएको छ ।
जिल्लाभर उत्कृष्ट जिपिए ल्याउने विद्यालयमा ज्ञानोदय मावि अदानचुलीका छात्र कमल महताराले तीन दशमलव ९५ जिपिए ल्यएका छन । साधारणतर्फ गतवर्ष खार्पुनाथ गाउँपालिकाको सिता मावि र अदानचुली गाउँपालिकाको सल्लाघारी मावि जिपिए ल्याउन नसक्ने विद्यालयमा परेका थिए भने यसवर्ष जिल्लाका २७ वटै माविले जिपिए ल्याउन सफल भएका छन ।
सवै भन्दा वढी जिपिए ल्याउने गाउँपालिका अनुसार विद्यालयहरुमा चङ्खेली गाउँपालिकाले ९५ दशमल ७२ प्रतिशत परिक्षार्थीहरुले जिपिए ल्याउनु भएको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाका विद्यालयहरुले ८२ दशमलव सात प्रतिशत, नाम्खा गाउँपालिका ५५ दशमलव २६ प्रतिशत, ताँजाकोटले पचास प्रतिशत, अदानचुली गाउँपालिकाले ४१ दशमलव सुन्ने पाँच प्रतिशत, खार्पुनाथ २८ दशमलव चार प्रतिशत र सिमकोट गाउँपालिकाले २६ दशमलव पन्द्र प्रतिशत परिक्षार्थीहरुले जिपिए ल्याउन सफल भएका छन ।

















