राष्ट्रिय महिला फुटबल खेलाडी दिपा शाही पुरस्कृत

फोटो क्याप्सन राष्ट्रिय फुटबल खेलाडी दिपा शाही तस्बिरः सौजन्य दिपा शाही

सि.टा. समााचरादाता
सिमकोट । हुम्ला जिल्लामा जन्मे हुर्केर नेपाली फुटबलका क्षेत्रमा महिला फुटवलकी राष्ट्रिय खेलाडी दिपा शााही सम्मानीत भएकी छन । नेपाली महिला फुटबलका क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले सो सम्मान गरेको हो ।

महिला फुटबल खेलडी शाहीलाई नेपालको फुटबल विधातर्फ उत्कृष्ट योगदन पुर्याए बापत त्यसको कदर गर्दै एक लाख नगद पुरस्कार सहित राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको हो । यो पुरुस्कार युवा तथा खेलकु मत्रालयले प्रदान गरेको हो । उक्त पुरस्कार मन्त्री तेजुलाल चौधरीले प्रदान गरेका थिए ।

पुरस्कृत शाही महिल फुटबलको एसियन प्रतियोगिताको छनौट चरणको खेलका लागि हाल उज्जेस्थान रहेको कारण सो पुरस्कार उनकि आमा श्रीमति देवी शाहीलाई तेजुलाललाई प्रदान गरिएको थियो । दिपा शाहीको स्थायी ठेगाना हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका– ५ मा पर्छ ।