स्वच्छ र सरसफाई अभियान सफल बनाउन डस्बिन बितरण

फोटो क्याप्सन गाउँँपालिका अध्यक्ष लामाको टोली सरसफाई कार्य गर्दै । तस्बिर ः सि.टा.

.सिमकोट समाचारदाता
सिमकोट । दुर्गन्धबाट जोगाउन, सफा र स्वच्छ गाउँपालिका राख्न यो अभियान गाउँपालिकाले सञ्चालन गर्दै डस्बिर बितरण गरेको छ । शिक्षित, स्वच्छ र सफा अभियानमा नाम्खा गाउँपालिका अभियानमा अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा जनप्रतिनिधिको टोली जुटेको छ ।

अध्यक्ष लामाको नेतृत्वमा स्वच्छ, सफा र सुन्दर गाउँपालिका बनाउने अभियानको सुरुवात भएको उक्त गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीले बताए । सुरुवात नाम्खा गाउपालिका– ४ को याल्वाङ र याङ्गार गाउँमा अध्यक्ष लामा सहितका जनप्रतिनिधि र कर्मचारी पुगेर टोल टोलमा पुगेर सरसफाई अभियान शुभारम्भ गरिएको छ ।

अध्यक्ष सहितको टोली गाउँघरका घरआगनमा आएर फोहोर सङ्कलन गर्ने कार्य गर्न थालेपछि स्थानीय पनि आफै जुट्नु भएको बताउदै उनले अब यो अभियान सवै वडाका सबै बस्तीमा पुगेर सधै सञ्चालन गरिने बताए ।

यो अभियान अन्र्तगत नमुना घर, नमुना गाउँ र नमुना वडा पुरस्कार कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्दै
ती दुवै गाउँका स्थानीयलाई वातावरणीय सरसफाई गराउनुको साथै प्रत्येक टोलटोल, घरघरमा पुगेर फोहोर सङ्कलन गर्ने कार्य पनि सुरु भएको अध्यक्ष लामाले बताए ।

“शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली“ भन्ने मुल नारालाई आत्मासाथ गरि यो अभियानले सफा र सुन्दर नाम्खा निर्माणमा सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे । अब नाम्खा गाउँँपालिकाको पहिचान झल्किने गरि सरसफाई कार्य गर्ने अभियानका लागि आफु सवै बस्ती पुगेर खट्ने र स्थानीयवाासीलाई पनि सहभागी जनाउने उनले बताए ।

सरसफाई अभियानलाई सार्थक तुल्याउन अब सम्वधि ब्यक्तिले नै घरआगन र टोलको सरसफाईको जिम्मा लिनु पर्ने अन्यथा कारवाहीको भागीदर हुनु पर्ने स्थानीय टोलस्तरमा नियम निर्माण गरिएको खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाका गाउँपालिका संयोजक दन्तबहादुर शाहीले बताए ।

यो अभियान अनुसार अब घरघरमा धारा, शौचालन, डस्वीनको ब्यवस्था पनि हुने भएको कारण सवै गाउँपालिकावासीले सहयोग गर्न उनले आाग्रह गरे । अब अभियानबाट सङकलन भएको फोहोरलाई जल्नेलाई जलाउने, फाल्नेलाई उचित स्थानमा थाल्ने र गाड्ने भए गाडेर राख्जे ब्यवस्थाा गरिएको छ । जम्मा भएको फोहोर र राख्नका लागि प्रत्येक घरधुरीलाई डस्विन वितरण गर्ने कार्य भएको छ ।