पर्यटकीय क्षेत्र भिमदुलामा खानेपानीको धारा निर्माण

फोटो क्याप्सन भिमदुलाका निर्माण गरिएको खानेपानीको धारा । तस्बिरः सौजन्य , भरतजंग शाही

सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिका– ५ को पर्यटकीय क्षेत्र भिमदुलामा खानेपानीको धारा निर्माण गर्ने कार्य भएको छ । भिमदुलामा आन्तरिक पर्यटकहरु जाने र चरन क्षेत्र पनि भएको कारण खानेपानीको ब्यवस्था गरिएको हो ।

अति आवश्यकता महशुस गरेर नै भिमदुलामा खानेपानी धारा निर्माण गर्ने कार्य भएको खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताए । पर्यटन मार्ग भिमदुलामा पर्यटक र खर्कालाहरुलाई लक्षित गरेर खानेपानीको ब्यवस्था गरिएको उनले बताए ।

खार्पुनाथ गाउँपालिकाले चरन क्षेत्रका लागि आठ लाख बजेटको ब्यवस्था गरेकोमा त्यसै मध्य तीन लाखमा भिमदुलामा खानेपानीको ब्यवस्था गरिएको हो । सो स्थानमा खानेपानीको ब्यवस्था गर्न यसअघि माग हुँदै आएको थियो । सो वडाका वडा अध्यक्ष शाहीको पहलमा खानेपानीको समस्या समाधान भएको छ ।