सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाले एक दिने प्रशिक्षण कार्यक्रम आज आयोजना गर्ने भएको छ । संगठन सुदृढ र क्रियाशिल सदस्यका सम्वन्धमा यो प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेपाली काँग्रेस र संगठन, पार्टी र जनप्रतिनिधि बिचको समन्वय तथा सहकार्य , क्रियाशील सदस्यता र संगठन निर्माणमा भुमिका, लोकतान्त्रिक समाजबाद र अबको काँग्रेसको कार्यदिशा विषयमा प्रक्षिण दिईने नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले बताए ।
कार्यक्रम जिल्ला कार्यसमिति पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिती सदस्य, प्रदेश क्षेत्रीय सभापति र पदाधिकारी ,नेपाली काङ्रेस प्रदेश सभा क र ख, सबै पालिका सभापति र पदाधिकारी ,सबै वडाका सभापति, शुभेच्छुक र भातृ संघ सङ्गठनका प्रमुख र केन्द्रीय सदस्य , बिभिन्न तहका जनप्रतिनिधिको अनिवार्य उपस्थितीमा प्रशिक्षण कार्यक्रममा सञ्चालन हुनेछ ।
एक दिने प्रशिक्षण कार्यक्रम असार ३१ गते अथाएत आज मंगलबार बिहान ११ वजे विपी स्मृति भवनमा सञ्चालन हुदै छ । सदरमुकाम सिमकोटमा सञ्चालन हुनेछ । यो कार्यक्रमका लागि नेपाली काग्रेस कर्णाली प्रदेश कार्य समितिका उपसभापति सनत कार्कीको उसोमबार हुम्ला आई सकेका छन

















