शनिबारबाट भारी वर्ष हुने

सि.टा. समाचारदाता
सिमकोट । शनिबार रातिदेखि सोमबारसम्म नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा शनिबारदेखि नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका हुन्।

पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान पनि मौसमविद्हरूले गरेका छन्। अहिलेको वर्षा प्रणाली शक्तिशाली हुने र वर्षा बढी हुने मौसमविद्को अनुमान छ। शनिबार रातिदेखि वर्षा हुने र आइतबारदेखि सोमबारसम्म भारी वर्षा हुनसक्ने अनुमान मौसमविद् सञ्जीव पोखरेलले गरेका छन्। सोमबारसम्म नेपालभर भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहन पनि मौसमविद्हरूले भनेका छन्।