सि.टा समाचारदाता
हुम्ला । सर्केगाड गाउँपालिका–३ स्थित उनापानीका आगलागीबाट पिडित परिवालाई राहत स्वरूप लुगा–कपडा सोमबार वितरण गरिएको छ । कामाडौंको क्लोथ एण्ड फुट बैंकले उपलब्ध गराएको कपडा आगलागी पिडितलाई प्रदान गरिएको हो ।
क्लोथ एण्ड फुट बैंकलसँग आवद्ध सामाजिक अभियन्ता कमल जिसी सर र उनकाका सहयात्रीहरूको पहलमा करिबि कुन्टल बराबरको राहत सामग्री (लुगा–कपडा) वडामा पठाइएको जुन वडा कार्यालयमार्फत सम्बन्धित पिडित परिवारहरूलाई वितरण गरिएको वडा अध्यक्ष अकिलबहादुर कार्कीले बताए ।
यस किसिमको सहयोगले विपद्बाट प्रभावित परिवारहरूलाई राहत प्रदान गर्नुका साथै नयाँ आशा र हौसला पनि दिएको उनले बताए । आगामी दिनमा पनि यस्ता सहयोगमूलक प्रयासहरू आवश्यक रहेको पिडितले बताए ।
यो मानवीय सहयोगप्रति सर्केगाड गाउँपालिका– ३, आगलागी पिडित परिवार र सम्पूर्ण उनापानीवासीको तर्फबाट निकायलाई धन्यवाद दिईएको उनले बताए । गत असार १ गते राती भएको आगालागीबाट आठ घर जलेर नष्ट भएका थिए भने बाह्र घरलाई आंसिक क्षेती पुगेको थियो ।
















