कैलाश माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विक चयन

लोग भण्डारी
हुम्ला । चार दिनसम्म भएको घम्साघम्सी पछि सिमकोट गाउँपालिका– ७ को कैलाश माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विनोद कुमार विक चयन भएका छन । सोवबार बसेको अभिभावक भेलाले बिकलाई अध्यक्षमा चयन गरेको हो भने अन्य सदस्यहरु समेत चयन गरेको छ ।

उक्त बिद्यालयमा असार २ गतेबाट समिति गठनका लागि अभिभाकहरुको दैनिक भेला हुने गरेको भएपनि कुरा नमिल्दा गठनमा ढिलाई भएको बेला सोमबारको भेलाले भने नयाँ समिति गठन गर्दा अध्यक्षमा विकलाई चयन गरेको हो । त्यसैगरि समितिको सदस्यमा नेत्रबहादुर शाही चयन भएका छन । अन्य सदस्यहरुमा सुरेन्द्र शाही, बिस्नकला शाही, झुप्रा शाही र चाँदनी सुनारलाई चयन गरेको छ ।

यता अभिभावक भेलालले उक्त विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा सार्की शाहीलाई सर्वसम्मत चयन गरेको छ । बिशेष गरि ठुला तीन दल नेपाली काँग्रेस, एमाले र माओवादीको सहमतिका आधार विद्यालय ब्यवस्थापन समिगि गठन गरिएको हो । भेलामा वडा अध्यक्ष बलबिर शाहीको पनि उपस्थिती रहेको थियो ।