हिल्दुम बिधुत बितरण केन्द्रका ज्यालादारी कर्मचारीद्धारा कार्यालयमा धर्नामा

फोटो क्याप्सन कार्यालयमा भर्नामा बसेको ज्यालादारी कर्मचारीहरु । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट। स्थानीय रुपमा बिधुत उत्पादन गरेर बितरण गर्दै आएको हिल्दुम बिधुत बितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारीहरु बुधबार कार्यालयमा धर्ना वसेका छन । ज्यालादारी कर्मचारीहरुले बिभिन्न आठ सुत्रीय माग राख्दै कार्यालय समयमा मुख्य प्रवेश द्धारमा धर्नामा वसेका हुन ।

हिल्दुम बिधुत बितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारीहरु धर्नामा वसेको उक्त सेवामा काम गर्दै आएका कर्मचारी छिरिङ लामाले बताए । केन्द्रमा यसरी ज्यालादारी कर्मचारीहरु चौध जना रहेको सबे धर्नामा वसेका हुन । आफ्ना आठ सुत्रीय माग राखेर पहिलो चरणमा धर्नामा वसेको र यसको सुनुवाई नभए थप बिरोधका कार्यक्रमहरु ल्याउने उनले बताए ।

धर्नामा वसेका कर्मचारीहरु आफुसंग सम्वन्धित सेवा र सुबिधाका कुराहरु उल्लेख गरेका छन । यो कार्यक्रम उनीहरुको केन्द्रीय कार्यक्रम हो । बिगत पन्द्र वर्ष भन्दा बढी अवधिदेखि केन्द्रमा ज्यालादारीका रुपमा उहाँहरु कार्यरत रहँदै आएका छन् । ज्यालादारी कर्मचारी धर्नामा वसेपछि कार्यालयको काम समेत प्रभावित भएको छ ।

अन्य स्थायी कर्मचारीले कार्यालयको काम गरि रहेको भएपनि कर्मचारी अपुग देखिएको छ । दैनिक रुपमा लाईनमा कतै न कतै समस्या आउने र त्यसमा ज्यालादारी कर्मचारीले काम गर्दै आएका थिए । अब आफ्ना समस्या समाधान नभएसम्म त्यो काम पनि नगर्ने धर्नामा बस्नु भएका कर्मचारी बताएका छन ।