सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– २ र ६ को सिमानामा पर्ने खडिखेतको काठेपुल कर्णाली नदीले बगाउदा स्थानीय मर्कामा पर्नु भएको छ । दैनिक वर्षा भई रहेको कारण नदीमा पानीको बहाब बढेपछि स्थानीयले निर्माण गरेको काठेपुल बगाएर लगिएको हो ।
मङ्गलबार राती खडिखेतमा कर्णाली नदीमा पानीको बहाब बढेर स्थानीयले निर्माण गरेको काठेपुल बगाएर लगेको सर्केगार्ड–२ को रिप गाउँका जयवबहादुर फडेराले बताए । यसअघि गत चैत महिनामा सो स्थानको तुईन विस्थापित गर्दै स्थानीयले जनश्रमदानमा सो काठेपुल निर्माण गर्नु भएको थियो ।
काठेपुल नदीले बगाएपछि रिप गाउँका साँढे दुई सय घरधुरी समस्यामा परेका छन । रिपतर्फको काठेपुलको भाग नदीले बगाएर लगेको छ भने खडिखेततर्फ थोरी काठेपुलको भाग देखिन्छ । उनले अब रिपवासी पहिलेकै अवस्था स्थानीय फर्किएको बताए । सो काठेपुल बगाएपछि अब रिप गाउँवासी डेढ घण्टा हिडेर छारेमा आउनु पर्ने छ भने कि डेढ घण्टा हिडेर स्याल्तडी पुगेर झोलुङ्गे पुल तर्नु पर्नेछ ।
खडिखेतको कर्णाली नदी माथि निर्माण गरिएको काठेपुल बगाएर स्थानीयवासीलाई समस्या पारेको छ । तुईन मुक्त भएको अबस्थामा पून तुईन निर्माण गर्नु पर्ने अबस्था आएको छ । अब यसको दिर्घकालीन समस्या समाधानका लागि खडिखेतमा झोलुङ्गे पुल निर्माणको आवश्यकता खड्किएको होे । स्थानीयले भने अब दुई तीन दिनमा तुईन निर्माण गरिने जनाएका छन ।























