नेपाली काँग्रेस हुम्लाद्धारा शोक ब्यक्त

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस हुम्लाले एक शोक बक्तव्य निकालेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जीवनबहादुर शाहीका ९७ वर्षीया मामा नन्दबहादुर हमालको निधन प्रति काँग्रेसले शोक बक्तव्य निकालेको हो ।

स्वर्गीय हमालले आफ्नो सम्पूर्ण जीवन धार्मिक क्षेत्र, सामाकिज सेवा र समाजप्रतिको लगाएको कुार बक्तव्यमा उल्लेख गरिएको छ ।  स्वर्गीय हमालले संगठन निर्माणमा महत्वपुर्ण योगदान पुर्याएको र नेपाली काँग्रेसको आधार निर्माणमा पुर्याउनु भएको योगदान अमूल्य, अविस्मरणीय र प्रेरणादायी रहने कुरा उल्लेख छ ।

स्वर्गीय हमालले देखाएको अनुशासन, ममता र विवेक हामीले भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै बक्तव्यमा यस शोकको घडीमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै, भावपुर्ण श्रद्धान्जली र उनको परिवारजन, आफन्त, शुभेच्छुक र समस्त समाजमा पर्न गएको