सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको शैपाल हिमालय माध्यामिक विद्यालयको स्याँडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल बहादुर बुढाा सर्वसहमत चयन भएका छन । आईतवार वसेको अभिभावक भेलाले समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा बुढा, सदस्यहरुमा कैल बुढा ,विर बहादुर बुढा, सम्म्राट बुढा, सिंहबहादुर बुढा , कबि परियार मुक्ति बुढा , लोकविर बुढा र शिक्षक प्रतिनिधिमा देब बहादुर बुढा रहेका छन । नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा मेरसिंह बुढाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन यस अघि नै गरिएको थियो ।




















