सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन आज हुने भएको छ । वर्षको एक पटक गर्नु पर्ने जिल्ला सम्मेलन गर्न लागिएको हो । जिल्ला सम्मेलनको सबै तयारी पुरा भएको र सहभागीहरु पनि सदरमुकाम सिमकोट आई पुगेको र नजिकबाट सहभागी आउने क्रम भने जारी रहेको काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाले बताए ।
सम्मेलनको नेपाली काँग्रेस कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनले बिभिन्न निर्णयहरु पारित गर्ने भएको छ ।
सम्मेलनमा सहभागीता जनाउन कर्णाली प्रदेशकी खानेपाली, उर्जा तथा जलश्रोत मन्त्री बिजय बुढा पनि पैदल मार्गबाट सिमकोट आई पुगेकी छन । अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिती भई सकेको छ । सम्मेलन बिपी स्मृति भवनमा सञ्चालन हुने छ ।
























