मष्टो देवताको स्वरुप र महिमा

फोटो क्याप्सन भारतको धारचुलाबाट कर्णाली प्रदेशमा आई पुगेका मष्टो देवताका धामी । तस्बीर ः सौजन्य , तीर्थराज रोकाया

सि.टा समचारदाता
सिमकोट । मष्टो देवतालाई ठाउँ बिशेष भिन्न भिन्न नामले पुकारिएता पनि मष्टो आरध्यदेव कुल देवताका प्रतिक हुन । मष्टो देवताले स्थान बिशेष बिभिन्न रुप धारण गर्न सक्ने अलौकिक शक्ति हुने हुँदा भिन्न नामहरुले पुकार्ने प्रचलन बढ्न गएको हो ।

बिशेष गरि मष्टो देवतालाई गाउँ, खेत, जंगल, र समुदायको रक्षक मानिने सँस्कृति संरक्षण मञ्चका कर्णाली संयोजक तिर्थराज रोकायाले बताए । त्यसैगरि मष्टोलाइ प्रकृति, पहाड, जलस्रोत, वनका देवताको रुपमा मान्ने पनि गरिन्छ । अर्को कुरा कुल देवताको रुपमा पुजाआजा गरिने मष्टोलाई आफ्नो ठाउँ अनुसार नामाकरण गरिदै आएको पाईन्छ ।

यसरी मष्टो देवतालाई नेपाल र भारतका बिभिन्न स्थानमा आफ्न गाउँठाउँ अनुसार नामाकरण गर्ने गरिएको हो । भारतको कुमाऊँ–गढ़वाल क्षेत्रमा मष्टो देवतालाई स्थानीय गाउँ–ठाउँको क्षेत्रपाल, रक्षक देवता वा भूमियाल देवताको रूपमा मान्ने गरिएको संयोजक रोकायाले बताउनुभयो ।

मष्टोको स्वरूप गाउँ अनुसार फरक हुने र प्रायः मष्टोलाई योद्धा, शक्तिशाली प्रकृति देवता, पूर्वज वा कुलदेवताको रुपमा मानिने उहाँको भनाई छ । भारतको कुमाऊँ–गढ़वालका प्रमुख मष्टो देवतालाई गोल्ज्यू देवता (कुमाऊँमा प्रसिद्ध, विशेष गरी अल्मोड़ा, पिथौरागढ़ ) , हरू देवता (गढ़वालमा प्रचलित), नौलिंग देवता (पिथौरागढ़, धार्चूला वरपर), चन्दक देवता (कुमाऊँको चम्पावत क्षेत्र), घुड़देव मष्टो (पिथौरागढ़–दार्चुला सीमानामा), काली मष्टो (गढ़वालको कुछ क्षेत्रमा) भन्ने गरिन्छ ।

धर्मको ज्ञाना समेत भएका रोकायाले मष्टो देवतालाई ढाल, तलवार, चमर, घण्टी, घोडा वा पत्थरको मूर्तिले संकेत गर्ने पूजामा जागर वा पशुबलि दिईने जानकारी दिए ।
भारतका विभिन्न स्थामा जस्तै उहाँका अनुसार पश्चिम नेपालका दार्चुला, डोटी, अछाम, जुम्ला, दैलेख, जाजरकोट, कालीकोट, सुर्खेत, रुकुम, दाङ, प्युठान लगायतका जिल्लामा मष्टो देवताको पूजा निकै प्रचलित छ ।

साथै खसहरु पश्चिम नेपालबाट गण्डकी प्रदेश हुंदै पुर्बी नेपालसम्म संप्रेषण हुंदा मष्टो संस्कृति नेपाल भरि फैलिएको हो । नेपालमा लोकप्रिय मष्टो देवताहरुमा वान्नी, ढंडार बझाङमा, बिजुली दाह्रे, बाबा जाजरकोटमा, बलै, काली बाजुरामा, दाह्रे, काली अछाममा, बाबा, डोटी बैतडीमा, घुडदेव–दार्जुला, सेती, दाह्रे दैलेख, सुर्खेत र दाङ जिल्लामा, बाबा रुकुममा, महादेव, दाह्रे प्युठानमा, खापर, बाबिरो,कालासिल्तो,

रामपाल, ढंडार, थर्पा, वान्नी, कावा, मण्डली, दुधे, दाह्रे मेले मष्टो पश्चिम नेपालको जुम्ला हुम्ला लगाएत जिल्लाहरु हुंदै गण्डकी प्रदेश सहित पुर्बी नेपालका बिभिन्न गांउ ठाउँमा बसोबास गर्ने खस पृष्ठभूमि भएका ब्राह्मण, क्षेत्री, कामी, दमै, दशनामी, आदि जातका मानिसहरूले पूजा गर्ने गर्दै आउनु भएको उनको भनाई छ ।