सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका तीन वडाका आधा दर्जन वस्तीमा जाने सडक अवरुद्ध भएको छ । आईतबार बिहान गएको पहिरोले वडा नम्बर ३ को मङ्की खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
गाउँपालिका केन्द्रबाट तीन वटा वडामा जाने सडक अबरुद्ध भएको हो । वडा नम्बर ३ को मङ्की खोलामा सडक माथिबाट ठुल्ठुला ढुङ्गा सहितको पहिरो आएर कच्ची सडकमा खसेर यातायात सेवा अबरुद्ध भएको छ ।
सो सडक भएर सिमकोट गाउँपालिका– १,२ र ३ का बरगाउँ, तोर्पा, हुटिक, लिमाटाङ र रलिङ गुम्वा, ठेहे, दोजना गाउँ जाने सडक पुर्ण रुपमा बन्द भएको होे । सिमकोटबाट यात्रु बोकेर गएका यातायातका साधन मङ्की खोला मै रोकिएको र ठेहे दोजामबाट आएका गाडी पनि उतै रोकिएका छन । यात्रुहरुलाई पैदाल हिड्नु परि रहेको छ । यसको मर्मत कार्य नगरेसम्म यातायात सुचारु हुन सक्ने अवस्था रहेको छैन ।















