सुबिधा हुँदा पनि नियमित गर्भजाँच गराउन समस्या

फोटो क्याप्सन गर्भजाँच बारे जानकारी दिने कार्यक्रममा जम्मा भएकी गर्भवती महिलाहरु । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । राज्यले सुबिधाको ब्यवस्था गर्दा पनि गर्भवती महिलाहरुले प्रोटोकल अनुसार गर्भजाँच गर्ने गरेको देखिदैन । गर्भजाँचलाई महत्व नदिनु र यसका फाईदा बारे गर्भवती महिलालाई जानकारी नभएको कारण सतप्रतिशत महिलो गर्भ जाँच नगरेका हुन ।

सात जना गर्भवती रहेकोमा तीन जनाले मात्र नियमित गर्भजाँच गराएको आधारभुत स्वास्थ्य सेवा केन्द्र दोजामका इन्चार्ज रत्न बोहराले बताएका छन् । बाँकी तीन जना मध्य कसैले दुई, कसैले तीन पटक मात्र गराउने गरेका छन । बोहराले गर्भजाँच गर्ने मितिमा फोन गर्ने ब्यवस्था अनुसार फोन गर्दा पनि नआउने गरेको जानकारी दिएका हुन ।

एक दुई पटक स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका घरमै पुगेर गर्भजाँच गराउन खोज्दा पनि कामतिर हिडेको अबस्था भोग्नु परेको थियो । सङ्घ र प्रदेश सरकारबाट छुट्टाछुट्टै गर्भजाँच गराए बापत सुविधा भएपनि सबै गर्भवतीलाई चेकजाँच गर्न समस्या भई रहेको छ । एक जना गर्भवतीले प्रोटोकल अनुसार चार पटक गभैजाँच गर्नु पर्ने हुन्छ ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारी २७४ जना दर्ता भएको भएपनि गर्भ जाँचका सवै चरण पुरा गर्ने दुई सय गर्भवती मात्र रहेको बताए । यो चार वटै चरण गर्भजाँच गर्ने महिलाको सङ्ख्या ७१ दशमलव ९९ प्रतिशत रहेको छ अझै २६ दशमलव एक प्रतिशत गर्भवतीले नियमित चेकजाँच गर्ने नगरेको देखिएकाृ छ ।

यो सेवा गाउँपालिका भित्रका नौ वटा स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदै आएको छ । जसमा आधारभूत स्वास्थ्य सेवा केन्द्र दोजाम, ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्य चौकी, जिल्ला अस्पताल, सामुदायीक स्वास्थ्य इकाई चौगानफा, खोल्सी र साँताबाट प्रदान गरिन्छ ।

सुविधाहरु हुँदा पनि सबै गर्भवतीको गर्भजाँच गर्न नसकिनुमा खर्क जाने, गर्भ जाँचलाई महत्व नदिन मुख्य कारण रहेको बताउदै उनले अव यसको महत्व, फाईदा र उपयोगिताका वारेमा अभिमुखीकरण कार्यक्रम राखिने बताएका छन ।