प्राथमिक उपचारका लागि बिधार्थीहरुलाई लिटिल डाक्टर तालिम

फोटो क्याप्सन लिटिर डाक्टरको तालिम लिदैै मानसरोपर माविका बिधार्थीहरु   तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका सात वटा गाउँपालिका समेटिने गरि बिधार्थीहरुलाई लिटिल डाक्टर तालिम प्रदान गर्ने कार्य सुरु भएको छ । स्वास्थ्य शिक्षा बारे जानकारी गराउन र विद्यालयमा प्राथमिक उपचार गर्नका लागि बिधार्थीहरुलाई यो तालिम प्रदान गरिएको हो ।

मानसरोव माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आफ्नो विद्यालयमा लिटिल डाक्टरको तालिम सञ्चालन भई रहेको बताए । विद्यालयमा नर्स कार्यक्रम सञ्चालनमा आउन नसकेको बेला आधारभूत रुपमा विद्यालयमा गर्नुपर्ने प्राथमिक उपचारको काम गर्न यो तालिम निक्कै उपयोगी र सहयोगी हुने बिस्वास उनले ब्यक्त गरे ।

विद्यालयमा अध्ययनरत बिधार्थीहरु मध्यबाट २२ जना छात्रा र छात्रा छनौट गरेर तालिम प्रदान गर्ने कार्य भई रहेको र यो तालिम पछि विद्यलायमा हुन सक्ने प्राथमिक उपचारको कार्य गर्न सहज हुने छ । तालिमको समन्वय र ब्यवस्थापन गर्ने जिम्मा पाएको सीप नेपालका कार्यक्रम संयोजक कालीबहादुर भण्डारीले हुम्ला जिल्लाका चार वटा माध्यामिक विद्यालयहरुमा सिमकोट गाउँपालिकाका मानसरोवर, बालमन्दिर र रलिङ मावि तथा सर्केगार्ड गाउँपालिकाको हिमज्योति माविमा अध्ययनरत बाईस बाईस जना गरि ८८ जना छात्राछात्रलाई लिटिल डाक्टर तालिम प्रदान प्राप्त गर्नेछन ।

जसमा मानसरोवर र बालमन्दिरमा सुरु भएको छ भने रलिङ र हिमज्योति माविमा लगत्तै हुने छ। सहभागी बिधार्थीहरु छनौट गर्दा दलित, जनजाति, अपाङ्गता, भेग क्षेत्र, महिला र पुरुषलाई समेटिएकोले यो तालिम समावेशी भएको उहाँको भनाई रहेको छ । लिटिल डाक्टर तालिम बिधार्थीहरुलाई प्रदान गर्न एउटा पाठ्क्रम तयार पारिएको र त्यसैका आधार तालिम प्राप्त सामाजिक तथा स्वास्थ्य शिक्षाका तालिम सञ्चालन गरिएका शिक्षकद्धारा सहजिकरण गर्ने कार्य भई रहेको छ ।

त्यसमा प्राथमिक उपचार, स्वास्थ्य शिक्षा, पोषण, खोप, सरसफाई, बिरामी भए नजिकको स्वास्थ्य संस्था वा अस्पताल जानु पर्ने कुराको सहजिकरण गर्ने कार्य हुने गरेको छ । यो कार्य गर्नका लागि सहजिकरण गर्ने शिक्षक र सवै बिधार्थीहरुलाई एक एक थान एप्रोन र किटबक्स प्रदान गरिएको छ । तालिम मै क्रममा पनि सहभागी बिधार्थीहरुले विद्यालयमा कोही बिरामी भए वा चोट पटक लागे प्राथमिक उपचार समेत सुरु गरि सक्नु भएको छ ।

यो तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम पश्चात लिटिल डाक्टरहरुले आफ्नो सेवा स्वयम सेवकका रुपमा प्रदान गर्नु पर्नेछ । यसका लागि नेपाल ट्रष्ट युकेको आर्थिक सहयोग, एडिएफको समन्वय र सीप नेपालको आयोजनामा यो तालिम विद्यालयमा सत्तचालन भई रहेको हो ।