सि.टा. समाचारदाता
हुम्ला । नेपाली काँग्रेस हुम्लाले श्रद्धान्जली कार्यक्रम आयोजना गरेको छ । सिमकोट गाउँपालिकाका पुर्व सभापति समेत रहेका स्वर्गीय अकिल बहादुर शाहीको निधन भएको र मृतक शाही प्रति सम्झना गर्दै काँग्रेसले उनको निवासमा पुगेर श्रद्धान्जली कार्यक्रम आयोजना गरेको हो ।
मृतक प्रति एक मिनेट मौन धारण गर्दै उनको तस्बिरमा फुल तथा अविर अर्पण गर्दै श्रद्धान्जली ब्यक्त गरिएको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पठाएको शोक बक्तव्य मृतक शाहीका आफन्तलाई पढेर सुनाईएको थियो ।
सो पत्र काँग्रेस कावा सभापति कैलाश भण्डारीले मृतकका जेठो भाई नन्दबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए । त्यसैगरि शाही नेपाल निजामती कर्मचारी युनियनका पुर्व जिल्ला अध्यक्ष समेत रहेको कारण नेपाली काँग्रेस र निजामति कर्मचारीले सम्युक्त रुपमा निकालेको शोक बक्तव्य पनि कर्मचारी युनियन हुम्लाका अध्यक्ष बिशाल बोहराले पढेर सुनाउदै मृतकका कान्छा भाई सिंहबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।
श्रद्धान्जली कार्यक्रममा काँग्रेस उपसभापति बसन्त रोकाया, सचिव कृष्ण बहादुर बोहरा, महासमिति सदस्य शुशिला रोकाया, जनक शाही, नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारी, विपि चिन्तन प्रतिष्ठानकी सभापति मधु बस्नेत शाही, पानका जिल अध्यक्ष कैलाश रोकाया, जनजाति महासंघका अध्यक्ष तारा बहादुर लामा लगाएतको उपस्थिती रहेको थियो । मृतक शाहीको साउन २४ गते आफ्नै घरमा निधन भएको थियो । उनी नेपाली काँग्रेस हुम्लाकी कोषध्यक्ष बबिता शाहीका जेठो काका हुन ।















