आयुर्वेद उपचार पद्धतीमा बिरामीको आर्कषण बढ्दै

फोटो क्याप्सन आयुर्वेद उपचार पद्धतीबाट बिरामीको उपचार चकीत्सक शर्मा । तस्बिर  : सि.टा 

सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लामा आयुर्वेद उपचार पद्धतीमा बिरामीको आर्कषण बढ्दै गएको छ । सबै खाले रोगको उपचार गर्दा औषधीहरु निशुल्क पाउने र अन्य असर नपर्ने जानकारी पाईने भएपछि बर्षेनी आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी आउने क्रम बढ्दै गएको हो ।

सिमकोट गाउँपालिका – ५ की बाथ रोगकी बिरामी लालकला बोहराले आफुले पछिल्लो एक वर्षदेखि नियमित रुपमा आयुर्वेद उपचार पद्धती गरि रहेको बताईन । जिल्ला अस्पताल धाउदा धाउदा घुँडा दुख्ने समस्या समाधान नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा जान सुरु गरेको र अहिले केही राहत महशुस भई रहेको उनको भनाई छ । सेवा चाँडो पाउने, औषधी निशुल्क उपलब्ध हुने र आयुर्वेद औषधी गर्दा अन्य असर पनि नदेखिने भएको कारण आफुले यो बिधि रोजेको उनले बताईन ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८१।०८२ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा बढी बिरामी आएको केन्द्रकी प्रमुख एवं चिकित्सक चाहाना शर्माले बताईन । सो आर्थिक वर्षमा केन्द्रमा सिमकोट शाखामा मात्र चार हजार २३३ जनाले सेवा लिएको बताउदै यसमा महिला दुई हजार ३५ जना र दुई हजार १९८ जना पुरुष रहनु भएको उनले जानकारी दिईन ।

यसमा अन्य छ वटा गाउँपालिकाका केन्द्रमा गरिएको उपचारको संख्या जोडिएको छैन । आव ०८०।०८१ मा तीन हजार ४३२ जना बिरामीले उपचार सेवा लिनु भएको थियो । त्यसैगरि ल्याव सेवा ४३३ जना दिएर दुई हजार १६५ ल्याव टेष्ट गरिएको थियो । पुर्बकर्म पञ्चकर्म सेवा २२७ जना, योग सेवा २०१ जना र जेष्ठ नागरिक सेवा ९७१ जनालाई प्रदान गरिएको थियो ।

स्तनपायी आमाहरुलाई स्तन्य वर्धक औषधी १७९ जनालाई बितरण गरिएको थियो । गाउँघर शहरी क्लिनिक तथा नसर्ने रोग ब्यवस्थापन कार्यक्रमबाट ५१८ जना बिरामी लावान्भित हुनु भएको थियो । ५२५ जना बिधार्थीहरुलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको थियो ।

आयुर्वेद तथा योग सम्वन्धि निशुल्क शिबिरबाट एक हजार १९ जनालाई सेवा प्रदान गरिएको थियो भने स्वस्थ्य जीवन शैली सम्वन्धि सेवा ५३ जनालाई प्रदान गरिएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिशेष गरि आमवात, सन्धिवात, अम्लपित्त, श्वासकास, छाला सम्वन्धि रोग, पिसाव एवं स्त्री प्रसुती सम्वन्धि रोग, मलद्धार सम्वन्धि समस्या, उच्चरक्त चाप, मधुमेह, बाथ लगाएतका रोगका बिरामीहरुको उपचार गरिएको उहाँले बताउनुभयो । सो उपचार पद्धतीमा बिशेष गरि साठी वर्ष माथिका बिरामीहरु बढी जाने गर्दै आएका छन ।