सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय सुचना दिवस हुम्ला मनाईने भएको छ । भदौ तीन गते जिल्लाका सवै सरकारी कार्यालयमा उपलब्ध सुचना अधिकारी र जिल्लस्थित सञ्चारकर्मीबिच उक्त अन्र्तकृया गर्न लागिएको हो । जिल्लामा पहिलो पटक राष्ट्रिय सुचना अधिकार दिवस मनाउन लागिएको हो ।
त्यो पनि सरकारी कार्यालयका सुचना अधिकारी र जिल्लाका सञ्चारकर्मीबिच उक्त अन्र्तकृया कार्यक्रम हुन लागेको हो । स्थानीय प्रशासनको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउसो २ वजे उक्त कार्यक्रम हुनेछ । आफ्ना कार्यालयमा भएका गतिविधिहरु कसरी बाहिर सम्प्रेशण गर्ने भन्ने कुरा सुचना अधिकारीलाई जानकारी हुनेछ भने सञ्चारकर्मीले पनि सुचनाका वारेमा आफ्नो प्रतिकृया राख्न पाउनेछन । यो कार्यक्रमको सहजिकरण पत्रकार महासंघ हुम्लाले गर्नेछ ।














