सरुवा भएका प्रजिअ पाण्डेयद्धारा ९७ बुँँदा कार्य प्रगति बिबरण सार्वजनिक ( पुर्णपाठ सहित )

फोटो क्याप्सन सरुवा भएर जानु अघि आफ्नो प्रगति सार्वजनिक गर्दै प्रजिअ पाण्डे । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । जिल्लाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आफ्नो कार्य प्रगिति सार्वजनिक गरेका छन । जिल्ला छोड्नु एक दिन अगाडी पत्रकार भेटघाट कार्यक्रम मै राखेर उनले आफ्नो जिल्ल बसाईको कार्य प्रगति सार्वजनिक गरेका हुन ।

भेटघाट कार्यक्रममा हुम्लावाट सरुवा भएका प्रजिअ पाण्डेयले हुम्लामा आफु ३३३ दिन वसेको र यसविच गरिएका कामहरुको प्रगति बिबरणलाई बुँदागत रुपमा सार्वजनिक गरिएको बताए । यसमा उनले जिल्लामा आएदेखि फर्कन अघिल्लो दिनमा गरेका कामहरुको बिबरणलाई बुँदागत रुपमा प्रगति बिबरणमा समावेश गरेका छन ।

उनले आफ्नो कार्यकालमा एक सय दिनमा भएका कामको प्रगतिलाई पनि समावेश गरेका छन । त्यसैगरि प्रशासन कार्यालयको समन्वयमा सरकारी सेवा प्रदायक निकायहरुको सार्वजनिक सुनुवाई गर्न सुरु गरेको, चीनको ताक्लाकोटमा भएको समकक्षी बैठकमा सहभागिता, बाजुराको पिलीमा यातायात सिन्डिकेटको अन्त्य, लागु औषध दुव्र्यसन नियन्त्रण घोषणा कार्यक्रमको सुरुवात गरेको कुरा उल्लेख गरिएको छ ।

उनले आफ्नो कार्यकालमा गरिएका कामहरुलाई ९७ बुँँदामा समेटेका छन । त्यसैगरि गत फागुनयता एक दिन पनि जिल्ला नछोडेको र एक दिन बिदा समेत नलिएको पनि उल्लेख गरेका छन ।

हालसम्म सदरमुकाममा रहेको कार्यालयबाट मात्र बिबरण लिने गरिएको राष्ट्रिय परिचयपत्रको बिबरण स्थलगत रुपमा लिईनुका साथै सीमा पास समेत नाम्खा गाउँपालिकाका चार वटा स्थानबाट बितरण गरिएको, नागरिकता घरमै पुगेर बितरण गरिएको , बिदाको दिनमा पनि स्थलगत रुपमा पुगेर सेवा प्रदान गरिएकोलाई पनि समेटिएको छ ।

जिल्ला बिपदव पुर्व तयारी तथा प्रतिकार्य योजना तयार पारि जिल्ला बिपद व्यवस्थापन समितिको बैठकवाट पारित गर्दै कार्यान्वयन समेत गरेको कुरा पनि प्रगतिमा उल्लेख गरेका छन ।