सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य चौकीमा काम गर्दै आएकी महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गर्ने तीन जना कर्मचारी पक्राउ परेका छन् । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी काम गर्दै आएकी स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गर्ने ताँजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी संयोजक सहित तीन जना पक्राउ परेका हुन ।
बलात्कारको आरोपमा स्वास्थ्य चौकी संयोजक लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक शंकर पोख्ररेलले बताए । उनीहरूले गत मंगलबार राती करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्दुक राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राती नै पक्राउ गरेको होे ।
स्वास्थ्य चौकी संयोजक शर्मासहित तीनै जनाले मदिरा सेवन गरी उनको कोठामा गएर सामुहिक बलात्कार प्रयास गरेका थिए । पोख्ररेलका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक रुपमा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्ने आएकोले उनीहरू तीनै जनालाई पक्राउ गरे लगत्तै दुबै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ ।
मदिरा सेवन गरि रातिको समयमा निज पीडितको कोठामा गई विभिन्न खाले यौन दुव्र्यवहारका कुराहरू गरेपछि पिडित स्वास्थ्यकर्मीले आफ्नो संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गरिएको थियो । उक्त संस्थाको केन्द्रीय कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई उक्त कुरा जानकारी गराएपछि दुव्र्यवहार आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।























