हुम्लामा एक घर एक महिला सदस्य बनाउने अभियान सञ्चालन गर्न पुर्वमन्त्री रावलको आग्रह

फोटो क्याप्सन कार्यक्रममा बोल्दै पुर्वमन्त्री रावल । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
हुम्ला । संगठन बलियो बनाउन महिलालाई शसक्त बनाउनु पर्ने र हुम्लामा एक घर एक महिला सदस्य अभियान सञ्चालन गर्नु पर्ने एमाले केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सरकारका पुर्व सामाजिक मन्त्री दलबहादुर रावलले बताएका छन । एमाले भातृ संगठन अखिल नेपाल महिला संघको चौथो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई शुभकामना दिदै उनले सो कुरा बताएका हुन ।

एमालेका सवै भन्दा बढी सदस्यहरु रहेको अखिल नेपाल महिला संघमा आबद्ध रहेका महिला सदस्यहरुलाई सशक्त, जुझारु र सकृय बनाउन सके एमालेलाई कसैले परास्त गर्न नसक्ने उनले बताए ।

आधा आकाश ढाकेको महिलाई परिवर्तनको बाहकका रुपमा पनि हेर्नु पर्ने बताउदै उनले महिला संघलाई बलियो बनाउने कुरामा पार्टीले बिशेष ध्यान दिने बताए । देशमा ठुला परिवर्तनहरु महिला आन्दोलनले गर्दा सफल भएको उदाहरण धेरै भएकोले हुम्ला जिल्ला जिल्लामा भई रहेका बिकृती र बिसंगति हटाउन पनि महिला जाग्नु पर्ने उनले बताए ।

अब अखिल नेपाल महिला संघ एक घर एक महिला सदस्य अभियान सञ्चालन गरेर हुम्लामा एमालेलाई पहिलो पार्टी बनाउन आवश्यक रहेको उनले बताए ।

सम्मेलनका उद्घाटन सत्रमा एमाले अध्यक्ष ज्ञानी बुमी, उपाध्यक्ष प्रकाशबहादुर शही, सचिव तीर्थराज बोहरा, बरिष्ठ नेता, लोकबहादुर हमाल, संस्थापक सदस्य प्रेमबहादुर बुढा, उपसचिव प्रदिप लामा, एमाले कर्णाली प्रदेश कमिटी सदस्य जसु परियार, महिला संघकी केन्द्रीय सदस्य याङजुम रोकाया लगाएतका बक्ताहरुले शुभकामना दिएका थियो । यो सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन हुनेछ । संघको हालको अध्यक्षमा मन्जु रावल रहेकी ।