ठकुरी बस्तीमा दुबाटु पर्व मनाईदै

फोटो क्याप्सन दुबाटुमा गीत गाउदै नाच्दै महिलाहरु । तस्बिर ः सौजन्य प्रकाश बहादुर शाही

सि.टा.समाचारदाता
हुम्ला । जिल्लाका ठकुरी बस्तीको मुख्य पर्व दुबाटु अन्तर्गत शनिबार व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउने कार्य गरेका छन । स्थानीय भाषामा गौरा पर्वको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिदै मनाउने गदै आएका हुन ।

व्रतालु महिलाहरूले बिहानै सरसफाई गरेर दिउसो गौरालाई मन्दिरमा भित्र्याउने चलन रही आएको स्थानीय चाडपर्वका जानकार खाार्पुनाथ गाउपालिका– ५ का प्रकाश बहादुर शाहीले बए । आज सप्तमी भएकाले व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग, मागल, चाड्ची, चुटकिला गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको छ ।

गौराको प्रतिमूर्ती स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल चढाएर गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । व्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो गौरादेवीमा चढाउने चलन छ । घाँस, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने गरिन्छ ।

खेतबारीबाट घासको फुल लगायतका वनस्पतीहरूको प्रतिमूर्ती बनाइ आजै गौराघरमा गौरा भित्र्याइन्छ । पुरुषहरूले जनै धारण गरे जस्तै महिलाहरूले गौराको समयमा दुबो धागो बाँँध्ने परम्परा रही आएको छ । यसका साथै साँझको समयमा व्रतालु महिलाहरूले कुवा वा धारा स्नान गर्ने चलन रही आएको छ । गौरादेवीमा चढाएको धागोलाई अष्टमीका दिन व्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा देबीको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा रहेको गौराको दोस्रो मुख्य दिन भोलि गौराष्टमीका दिन महिलाहरूले गौरालाई गौरा घरबाट पठाउने चलन रही आएको छ ।

गौराको पर्वको अवसरमा समयमा ढाल तरबार नाच, घोडचढी नाच, फुर्का नाच्ने गरिन्छ । यो पर्वको अवसरमा छोरी चेलीहरु माईतीमा आउने र माईतीले लुगाफाटो किनेर दिने चलन रहेको छ । जिल्लाका पन्द्र भन्दा बढी बस्तीमा यो पर्व मनाउने गरिन्छ