मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको संख्या बयालीस सय भन्दाबढी

फोटो क्याप्सन सिमकोट बिमानस्थलबा बाहिरिने तयारीमा पर्यटकहरु । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । यस वर्ष मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकहरुको संख्या बयासील सय भन्दा बढी पुगेको छ । चीनले हिल्सा नाकालाई भारतीय पर्यटकहरुका लागि यो नाका खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको हो ।

शनिबारसम्म मानसरोवर कैलाशको दर्शन गर्नका लागि सिमकोट भएर हिल्सतर्फ लाग्ने पर्यटकहरुको संख्या चार हजार २६८ जना पुगेको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । मानसरोवर कैलाशको यात्रा गर्ने सिजन बाँकी नै रहेको कारण यो संख्या अझै बृद्धि हुनेछ । हाल यी तीर्थ यात्रीहरुको चापले गर्दा सिमकोट बिमानस्थल र हिल्सामा मानिसहरुकाो चहल पहल बढ्ने गरेको छ ।

मौसमले साथ दिए दैनिक पाँचदेखि सातदेखि दश वटासम्म नेपालगंजबाट उडान हुने गरेका छन । यसका लागि सिताका दुई वटा, समिटको एउटा र तारा एयरका दुई वटा जहाजले उडान भर्ने गरेका छन । त्यसैगरि सिमकोट बिमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकोप्टरहरुले पर्यटक ओसार्ने कार्य गर्दै आएका छन । गत जेठ महिनायता धार्मिक पर्यटकहरु मानसरोवर कैलाशको दर्शनका लागि आउन सुरु भएको थियो ।