गस्ती गर्न प्रहरीलाई आठ घण्टा हिड्नु पर्ने बाध्यता

फोटो क्याप्सन सर्किदेउ प्रहरी चौकीको इन्चार्ज भट्ट कार्यालयमा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट  । सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा स्थापना भएको सर्किदेउ प्रहरी चौकीलाई वडास्तरमा गस्ती गर्न आठ घण्टासम्म पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । वडाहरु सडक सञ्जाल जोडिएको भएपनि चौकीका प्रहरीलाई सवारी साधन नभएको कारण पैदल पुग्नु पर्ने अबस्था रहेको छ ।

गाउँपालिकाका अधिकाँस वडाहरुमा प्रहरीलाई गस्तीमा जान छ ददेखिख आठ घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको चौकी ईन्चार्ज प्रहरी नायव निरीक्षक सुरेन्द्र भट्टले बताए । कुनै घटना भए प्रहरी पुग्नै पर्ने र नियमित गस्तीमा पनि जानै पर्ने भएको कारण हिडेर जानुको बिकल्प प्रहरीलाई नभएको होे ।

बिशेष गरि वडा नम्बर १ को जैर, छिडि नात्ता, वडा नम्बर ८ को राहादेब पुग्न बढी समय लाग्ने गरेको छ । त्यही भएर यी स्थानमा प्रहरीले गस्ती गर्न जाँदा आठ घण्टा हिड्नु पर्ने र अर्को दिन मात्र चौकीमा फर्कनु पर्ने बाध्यता रहेको छ । अझ बिशेष गरि बिपदको समयमा प्रहरीलाई ती स्थानमा पुग्न कठिन हुने गरेको छ ।

गाउँँपालिकाका अधिकाँस वडामा सडक जोडिएको भएपनि प्रहरीसंग सवरी साधन नभएको कारण हिडेर जानु पर्ने बाध्यता प्रहरीलाई रहेको । एउटा मोटर साईकलसम्म भएको भएपनि घटनास्थलमा पुग्न प्रहरीलाई केही सहज हुने अबस्था रहेको भएपनि त्यो ब्यवस्था समेत छैन ।

अर्को कुरा बिपदका घटना भएको समयमा गाउँपालिकालाई सहयोग माग्दा समेत नपाउने बताउदै गाउँपालिकाका मोटर साईकलहरु नीजि सवारी साधन जसरी पहुँँच ब्यक्तिले  चलाउने प्रबृति रोकिएको छैन । बेला बेला घटना भई रहने र बिपदका घटना पनि घटी रहने भएको कारण प्रहरी घटना घटेर मत्थर भएपछि मात्र पुग्ने गरेको छ । जुन मानवीय हिसावले मनासिव होईन ।