हुम्लामा बढी बिरामी सधै यी प्रमुख दश रोगबाट ग्रसित

सि.टा समाचारदाता
सिमकेट । हिमाली जिल्ला हुम्लामा प्रमुख दश रोगबाट पिडित भएको पाईएको छ । जिल्ला अस्पतालदेखि स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीको अघिल्ला दुई आार्थिक वर्षको विवरण हेर्दा सङ्याका आधारमा ती बिरामीहरु पत्ता लागेका हुन ।
जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा गत आ.व. ०८१।०८२ मा उपचार गराउन आउने बिरामी मध्य सबै भन्दा बढी बिरामी हुने दश प्रमुख रोगहरुको पहिचान भएको स्वास्थ्य सेवा कार्यालयक प्रमुख चिकीत्सक उमाकान्त तिवारी बताए ।

यसरी प्रमुख रुपमा रहेका रोगहरु र बिरामी सङ्ख्यामा ग्याष्ट्रिक छ हजार ९३५, श्वास प्रश्वास रुघाखोकी पाँच हजार ८८६, टाउको दुख्ने पाँच हजार ४६६ जना, झाडा पखाला दुई हजर ७६४, श्वास प्रश्वास दम निमोनिया दुई हजार २८७, ग्यासटाईटिस एक हजार ८९२ जना रहनु भएको छ ।

यसैगरि प्रमुख अन्य रोगका बिरामीहरुमा चर्म रोग ( लुतो ) एक हजार ५५०, पेटमा जुका पर्ने एक हजार ४३१, रगत सहितको आउ मासीका एक हजार १२६ जना र पेट दुख्ने १६५ जना रहेका छन् । यी प्रमुख दश रोगका कुल बिरामीहरुमा २९ हजार ५०२ जनाले एक वर्षमा उपचार गराएका छन ।

जिल्लाभरका स्वास्थ्य संस्थाहरुले प्रवाह गरेको सेवाहरुको स्वास्थ्य ब्यवस्थापन सुचना प्रर्णालीमा प्रविष्ट भएका मुख्य दश रोगमा अघिल्लो आर्थिक वर्ष ०८०।०८१ मा पनि यस्तै अबस्था रहेको छ । यसमा यिनै दश रोगका बिरामीहरु कुनै आर्थिक वर्षमा सङ्यामा तल माथि भने हुने गर्छ ।