सि.टा. समाचारदाता
सिमकोट । एक जना मानसरोवर कैलाशको तीर्थ यात्री मक्ष्तिष्क घातको बिरामी भएपछि हिल्साबाट उद्धार गरिएको छ । बिरामी तीर्थ यात्रीको बुधबार उद्धार पछि जिल्ला अस्पतालमा उपचार भई रहेको हो ।
काठमाडौबाट केरुङ नाका भएर मानसरोवर कैलाशको दर्शन गरेर फर्कने क्रममा बिरामी भएपछि ताक्लकोटबाट हिल्सा आई पुगेकी भारतीय तीर्थ यात्रीको हेलिकोप्टरबाट सिमकोट उद्धार गरेर अस्पतालम उपचार भई रहेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताए ।
नीँ भारतको कर्नाटक राज्यकी ४७ वर्षकी माडल अम्बीकी हुनुहुन्छ । बिरामी तीर्थ यात्रीलाई हेलिकोप्टरबाट उद्धार गर्न निक्कै प्रयास गर्नु परेको उहाँले बताउनुभयो । हेलिकोप्टरमा सिमकोट उद्धारपछि अस्पतालमा उपचार भई रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यात्रीलाई मष्तिस्क घात भएको हो । अहिले प्राथमिक उपचार भई रहेको जिल्ला बाहिर पठाईने छ ।
























