सि.टा.समाचारदाता
सिमकोट । बुधबारबाट साँझ सात बजेपछि सुरक्षाकर्मीले हिडडुलमा कडाई गर्ने भएको छ । जिल्लामा कुनै अवाान्छित गतिविधिहरु सञ्चालन नहोस भन्नका लागि सम्युक्त सुरक्षाकर्मीले साझ परेपछि हिडडुलमा कडाई गर्न लागिएको हो ।
भदौ २३ र २४ गते देशभर जेन जी आन्दोलनले चर्को रुपमा लिएको त्यसको असर जिल्लाहरुमा परि रहेको बेला हुम्लामा त्यस्ता अवान्छित कार्य नहोस भन्नका लागि साँझ परेपछि मानिसको हिडडुलमा कडाई गर्न लागिएको शत्रुभञ्जन गुल्म राानीवनका गुल्मपति हरिबहादुर श्रेष्ठले बताए । संभवत साँझ सात वजेपछि बजार क्षेत्रमा हिडडुलमा कडाई गरिने बताउदै उनले निषेधाज्ञा भने अहिले नै नलगाउने तर त्यसको तयारीमा रहेको बताए ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न यो उपय अपनाईएको बताउदै सवै नागरिकले यसमा सहयोग गर्न पनि उनले आग्रह गरे । मंगलबार राती दश वजेबाट सेवा फिल्डमा आएयता दिनभर पनि गस्ती मै रहेको थियो । हाल तीन वटै सुरक्षाकर्मीको सम्युक्त गस्ती भई रहेको छ । त्यसैगरि अब अनिश्चित कालका लागि पाँँन जना भन्दा बढीको समुहमा हिडडडुल गर्न पनि नपाईने भएको छ ।















