स्याँडामा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिबिरमा २२५ जना बिरामीको उपचार

सि.टा.समाचारदाता
सिमकोट । हेल्थ अस मेडिकल सेन्टरले निशुल्करुपमा सिमकोट गाउँँपालिका – ७ को स्याँडामा सञ्चाल भएको स्वास्थ्य शिबिरमा २२५ जनाको उपचार गरिएको छ । सेन्टरले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त शिबिर सञ्चालन गरेर बिरामीको उपचार गरेको हो ।

भदौ २७ गते सेन्टरको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुदा १५ जना महिलाको भिडियो एक्स रे सहित २२५ जनाको उपचार भएको सेन्टरका प्रमुख नारायण फडेराले बताए । जिल्ला अस्पतालक तीन जना चिकीत्सकहरु चिकीत्सक छक्क थापा, बिरेन्द्र शाही र मंगला बुढा अन्य स्वास्थ्यकर्मी नर भण्डारी लगाएतले शिबिरमा उपचार गरेका थिए । एक जनाको गर्भजाँँच, दुई जनाको सुगर परिक्षण गरिएको थियो ।

शिबिरमा स्त्री रोग सम्वन्धि सम्पुर्ण रोगको चेकजाँच, निशुल्क औषधी बितरण, भिडियो एक्स रे, नाक, कान र घाटीको उपचार हुनुका साथै सुगर र प्रेशरको पनि चेकजाँच भएको थियो । चेजकजाच गरिएका बिरामीहरुलाई औषधी पनि निशुल्क प्रदान गरिएको थियो ।

सेन्टरले यसअघि सिमकोट गाउँपालिकाको वडा नम्बर १ र २ का साथै खार्पुनाथ गाउँपालिका– ५ को ताक्ला बाम्टा बस्तीका सेवाग्राहीका लागि शिबिर सञ्चााल गरेको थियो । सो शिबिरमा बाह्र लाख मुल्य बराबरको महंगो औषधी निशुल्क बितरण गरिएको थियो । त्यसैगरि सेन्टर निशुल्क औषधीदेखि प्रिन्ट रेटमा समेत बिरामीलाई औषधी बितरण गदै आएको छ ।