संबिधान दिवस काँग्रेसले छुट्टै कार्यक्रम गरि मनाउने

सि.टा. समाचारदाता
सिमकोट । यस पटक हुम्ला जिल्लामा संविधान दिवस नेपाली काँग्रेसले छुट्टै कार्यक्रम गरि मनाउने भएको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार संविधान दिवस मनाउ लागिएको हो ।
काँँँग्रेस उपसभपति बसन्त राोकाया अनुसार यस पटक संबिधान दिवस मनाउने वा नमनाउने अन्यौल भई रहेका बेला काँग्रेस केन्द्रको निर्देशन अनुसार संविधान दिवस मनाउन लागिएको हो ।

अन्य कार्यक्रम नगरेर नेपाली काँग्रेसले “ संविधान र लोकतन्त्रको रक्षा : अवको आवश्यकता” बिषयक बिचार गोष्ठी गर्न लागेको हो । शुक्रबार बिहान साँँढे ११ वजे बिपि स्मृति भवनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । गोष्ठीमा नेपाली काँँग्रेस जिल्ला कार्य समिति, प्रदेश कार्य समिति, भातृ, शुभेक्छुक, क्रियाशिल सदस्यहरुको उपस्थिती रहने भएको
छ ।