सि.टा. समाचारदाता
सिमकोट । जेनजी आन्दोलनमा निस्केका हुम्लाका एक जना युवा हालसम्म बेपत्ता भएका छन । जिल्ला नाम्खा गाउँँँँपालिका– ३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौको तीनचुलीमा वस्दै आउनु भएका थुक्तेन पााल्वर लामा तेह्र दिनदेखि बेपत्ता हुदै आएका छन् ।
२३ वर्षका लामा नारायनथान गुम्वामा लामा ज्ञान अध्ययन सकाएर हाल कोठा लिएर तीन चुलीम बस्दै आएको हाल गाउँमै रहनु भएका उहाँँँँका बुवा टैछिरिङ लामाले बताए । उनका अनुसार २३ गतेको आन्दोलनमा सहभागी भएर कोठा फिर्ता भएका थिए । होटेलमा कम गर्ने लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउसो दुई वजे कोठा आएर आन्दोलनमा निस्केका थिए । बेपत्ता लामा आफ्नै भतिजोसंग बस्दै आउनु भएके थियो ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता भएका हुन । जेनजी आन्दोलनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरि दिन बुवा लामाले आग्रह गर. । उनका दुई छोरा मध्य बेपत्ता भएको छोरा कान्छो हुन । हुम्लाको युवा जेनजी आन्दोलनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सुचना निकालेर खोजी गरेका छन् ।
समाजकातर्फबाट बुधबार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए । उननका अनुसार बेपत्ता लामा केही बिद्रोही स्वभावका थिए । उक्त आन्दोलनमा पनि हुम्ला जिल्ला पनि मानवीय क्षेती बेहोर्नु परेको छ ।




















