सि.टा. समाचाारदता
सिमको । कर्मचारी मिल केन्द्रले शुभकामना आादान प्रदान काार्यक्रम आयोजना गरेको छ । बडा दशै २०८२ को अवसरमा केन्द्रले सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बडा दशै २०७२ को अवसरमा जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्दै मनाउने बाताबरण तयार गर्न जिल्लावासीलाई प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले आग्रह गरेका छन् ।
कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बडा दशै २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा प्रजिअ रेग्मीले सो कुरा बताएका हुन । देशभर शान्त जिल्लाको रुपमा पहिचान बनाएको हुम्ला जिल्लालाई अब दशै मनाउने क्रममा पनि सो कुरा कायम राख्न सबै जिल्लावासीलाई उनले आग्रह गरे । मदिरापान नगर्ने भन्ने नभएको तर सार्वजनिक स्थानमा सेवन गरि बाताबरण नविगार्न उनले आग्रह गरे ।
मदिरा प्रयोग कै लागि उत्पादन भएको तर त्यसको सही रुपमा उपभोग गर्न पनि उनले आग्रह गरे । साथै उनले दशै हर्सोउल्लासका साथ मनाउन पनि जिल्लावासीलाई अग्रह गरे । काार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले रमाईलोका साथ बडा दशै मनाउनु पर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले पनि कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए । कर्मचारी मिलन केन्द्रकी अध्यक्ष सरिता बोहरको अध्यक्षतमा आयोजना भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरिक्षक कबिन्द्र मर्हजन, अनुसन्धान अधिकृत लगाएत कर्मचारीहरुको उपस्थिती रहेको छ ।























