बस पार्क निर्माण कार्य धमाधम

फोटो क्याप्सन सिमकोट गाउँपालिका–५ स्थित मैना गाडामा निर्माणधिन बस पार्क । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हालसम्म बस पार्क नभएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नयाँ बस पाार्कको निर्माण कार्य धमाधम भई रहेको छ । कर्णाली प्रदेश सरकारको आार्थिक सहयोगमा जिल्ला मै पहिलो बस पार्क निर्माण गर्न लागिएको हो ।

बस पार्कको अभाव खड्की रहेको बेला नयाँ बस पार्क सिमकोट गाउँँपालिका– ५ को मैनागाडामा निर्माण कार्य सुरु भएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए । बस पार्क निर्माण गर्न लागिएको जग्गा सार्वजनिक रहेको छ ।

खार्पु सिमकोट (मानसरोवर प्रवेशद्धार) एकिकृत पुर्वाधार कार्यक्रम अन्र्तगत नयाँँ बस पार्कको निर्माण कार्य सुरु गरिएको बताउदै हाल काम धमाधम भई रहेको उनले बताए । हाल स्काभेटरले माटो खन्ने र सम्याउने कार्य भई रहेको छ भने दक्षिणतर्फ ग्याविक लगाउने कार्य पनि भई रहेको छ । बस पार्क पचास मिटर लम्बाई र पैतीस मिटर चौढाईको निर्माण हुने छ ।

बस पार्क निर्माण गरि सक्नु पर्ने अवधि २०८४ बैशाख महिनासम्म भएपनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरि कार्य भई रहेको छ । एकिकृत पुर्बाधार बिकास कार्यक्रममा बस पार्क सहित छ वटा अन्य योजनाहरु निर्माण हुने छन् । गत बैशख २ गते यी योजनना निर्माणका लागि किराँँतेश्वर कन्ट्रक्सन डिलिङ कम्पनीसंग भ्याट सहित ५१ करोडमा सम्झौता भएको थियो ।

यो योजना संङ्घीय सरकार र प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गर्न लागिएको हो । सदरमुकाम सिमकोटमा यातायातका साधन गुड्न थालेको सात वर्ष भएपनि हालसम्म बस पार्क निर्माण नभएको कारण यातायतका साधनहरु सडकमा पार्किङ गर्ने गरिएको कारण सडकमा जाम हुने गरेको छ । यो जिल्लाको एक मात्र पहिलो बस पार्क हुनेछ ।