सि.टा. समाचारदाता
सिमकोट । हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले बार्षिक लक्ष्य बिनै नौ लाख बढी राजस्व असुली गर्न सफल भएको छ । चिनीयाँ सामान आयातबाट भन्सार कार्यालयले सो राजस्व असुली गरेको हो ।
यस आर्थिक वर्षमा भन्सार बिभागले यारी नाका भन्सार कार्यालयलाई बार्षिक लक्ष्य नदिएको भएपनि नौ लाख तीस हजार राजस्व असुली गरेको सो कार्यालयका प्रमुख रामराज जैसीले बताए । गतवर्ष लक्ष्य न्यून दिएकोमा त्यसको तेब्बर राजस्व असुली कार्यालयले गरेको थियो । सो आर्थिक वर्षमा पाँच लाख लक्ष्य दिएकोमा पन्द्र लामा राजस्व असुली भएको थियो । यसवर्ष हालसम्म बिभागले लक्ष्य नदिएको भएपनि सो राजस्व असुली भएको र अझै हुन बाँकी रहेको छ ।
हिमपात नभएर आगामी मङ्सीर महिनासम्म चीनको ताक्लाकोटबाट सामान आयात हुने गर्छ । उनले यसवर्ष खासै सामान ताक्लाकोटबाट नभएको बताउदै पहिलो कुरा हुम्ला जिल्लाका सबै गाउँपालिका औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिनुले पनि बिकास निर्माणको सामान कम आयात भएको बताए । ताक्लाकोटबाट दैनिक उपभोग्य सामान र लत्ताकपडा बढी आयात भएको छ ।















