टासी को हुन भन्ने बुझ्न लिमी आएर देखाउन वडा अध्यक्ष तामाङको चुनौती

सि.टा. समाचारदाता
सिमकोट । टासी ल्हान्जोमलाई अनावश्यक बिबादमा ल्याउने कार्य भएको नाम्खा गाउँपालिका– ६ काा वडा अध्यक्ष पाल्जोर तामाङले बताएका छन । यो घटना के र यस बारे स्पष्ट कुरा बुझ्न हुम्लाको लिमी आएर देखाउन आरोपीहरुलाई वडा अध्यक्ष तामाङले चुनौती समेत दिएका छन ।

शहरमा बसेर यथार्थ नै नबुझी अध्यारोमा झटारो हान्ने काम संघीस संसदका निवर्तमान सासद ज्ञानेन्द्र शाहीले गरेको वडा अध्यक्ष तामाङले बताए । टासी ल्हान्जोम तिब्बतीयन हो भने लिमी पनि तिब्बती भुभाग हो भन्दा हुने उनले बताए । लिमी नेपाली भुभाग भए ल्हान्जोम पनि तिब्बती हुन नसक्ने उनले बताए ।

शहरमा वसेर अनावश्यक, यथार्थ नबुझि, सनकका भरमा आरोप लगाउने कार्य कानून बिरुद्ध भएको बताउदै उनले अझै ल्हान्जोम को हुन भन्ने बास्तविक बुझ्न लिमी आएर अध्ययन गर्न आरोप लगाउनेलाई उनले चेतावनी दिए । ल्हान्मोज थर वतन नभएको बताउदै उनी बिसुद्ध लिमीकी जनजानी भएको पनि उनले बताए ।

उनी जन्मेदेखि हालसम्मके अवस्थ सबै आफुलाई राम्रो थाहा भएको बताउदै उनको क्षेमता देखेर नै सरकार प्रभावसाली पदमा चर्चा भएको बताउदै उनले यो कसैको निगाहा नभएको बताए । ब्यक्तिगत स्वभाव बारे आफुले केही भन्न नमिल्ने बताउदै उनले दुरदराजका ब्यक्तिलाई क्षेमता भएपनि हेप्ने गरेको स्पष्ट देखिएको उनले गुनासो गरे । उनी बारे स्पष्ट भएर नै वडा सिफारिस दिने कार्य पनि गरेको छ ।

दुई दिनयता सामाजिक सञ्जाल उनको बारेमा निक्कै तातेको देखिन्छ । अधिकाँस हुम्लावासीले ल्हान्जोमको सर्मथनमा आफ्ना भनाई राखेको देखिन्छ । अनावश्यक रुपमा प्रमाण र तत्थ्यको आधार बिनै ल्हान्जोम माथि आरोप लागेको कारण कानूनी उपचारमा जान पनि पछि नपर्नेसम्मका अभिब्यक्ति समेत सामाजिक सञ्जालमा आई रहेका छन ।

बास्तवमा ल्हान्जोमले प्राथमिक शिक्षा समेत लिमी कै सुनखनी प्राविमा अध्ययन गरेकी थिईन भने मावि स्तरको पढाई नभएको कारण सो अध्ययन गर्न जिल्ला बाहिर गएकी थिईन । यो उनको रहर नभएर बाध्यता पनि थियो । हालसम्म पनि लिमीमा माविको पठनपाठ हुन सकेको छैन । अहिले बल्ल कक्षा सातसम्म पढाई सुरु हुन थालेको छ ।