सि.टा समाचारदाता
सिमकोट । भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा हुम्लाकी साहियकार तारा रोकाया सम्मानीत भएकी छन । हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कविसम्मेनमा नेपाली साहित्यकार रोकाया सम्मानित सहित अन्य ब्यक्ति पनि सम्मानीत भएकी हुन ।
अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका वरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको सो कार्यक्रममा हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ५ की स्थायी बासिन्दा साहित्यकार रोकाया सम्मानीत भएकी छन । रोकाया साहित्यकारका साथै पुर्णतारा फाउण्डेसनकी अध्यक्ष समेत हुनुहुन्छ ।
कार्यक्रममा प्रसिद्ध समाजसेवीहरुले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेर संयुक्त रुपमा सम्मानित गरिएको हो । रोकाया सहित अन्य आाठ नेपाली बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तिहरुलाई पनि सम्मानीत गरिएको थियो । यो सम्मानले आफुलाई अझै निखारेर साहित्य सेजनामा लाग्ने हौसला मिलेको रोकायाले बताईन ।
सो अवसरमा विभिन्न देशबाट सहभागी साहित्यकारहरुले वर्तमान साहित्य र त्यसको अवस्था बारे चर्चा गरिएको थियो । भेरी साहित्य समाज केन्द्रीय समितिको अगुवाइमा भारत भ्रमणमा गएको नेपाली साहित्यकारहरुको उक्त टोलीले भारतको आगरा, दिल्ली लगायतका सहरहरुमा पुगेर साहित्यलगायत महत्त्वपूर्ण स्थानको जनाकारी पनि लिएको भेरी साहित्य समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजालले बताउनुभयो ।
भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना साहित्यकार तथा कलाकार सम्मानित हुनुभएको छ । हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कविसम्मेलन एवम् मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मानित गरिएको हो ।
















