सि.टा. समाचारदाता
सिमकोट । ७० औं प्रहरी दिवस हुम्लामा मनाईएको छ । जिल्ला प्रहरी कार्यालयम सिमि अतिथिहरुको उपस्थिती विस मनाईएको हो । सो अवसरमा जिल्ला भित्रका बिभिन्न प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा प्रभावकारी र गुणात्मक सेवा प्रदान गर्ने प्रहरी जवानदेखि अधिकृतसम्म पुरस्कृत गरिएको छ । सत्तरीऔ प्रहरी दिवसको अवसरमा एक वर्षमा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरु पुरस्कृत गरिएकाा हुन ।
आफ्नो कार्य नियम संगत, गुणात्मक र प्रभावकारी रुपमा प्रवाह गर्ने प्रहरी जवानदेखि अधिकृतसम्म पुरस्कृत भएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । ७० औ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत हुने सवै प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको हो ।
यसरी राम्रो कार्य गरे बापत पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी निरीक्षक बिष्णुबहादुर श्रेष्ठ, जंगबहादुर सिंह, प्रहरी नायव निरीक्षक सुरेन्द्र देव भट्ट, प्रहरी सहायक निरीक्षक, गोपाल दत्त भट्ट, रामदत्त पन्त, दिपेन्द्र बुढाथोकी, गणेश बहादुर डाँगी, शोभा गिरी, मिबहुर खड्का,प्रहरी बरिष्ठ हबल्दार डोलबहुर खत्री, प्रहरी जवान लक्ष्मण गुरुङ, जनक जोशी, बिनोद कुँवर, हिरा चौधरी र कार्यालय सहयोगी कमल पौडेल रहेका छन ।
त्यसैगरि गोरासिंह रावत, पन्जित बोहरा लगाएत सेवानिबृत्त प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो । यसअघि बिरगति प्राप्त गर्ने प्रहरीको प्रतिमाम फुलको माला अर्पण गरिएको थियो । कार्यक्रम प्रहरी महानिरीक्षकले पठाएको शुभकामना सन्देश बाचन गरिएको थियो । कार्यक्रममा नागरिक समााजको तर्फबाट पत्रकार महाासंघ हुम्लाका अध्यक्ष राजन रावतले शुभकामना दिएका थिए ।















